बर्दिया : शुक्रवार गुलरीयामा जनता समाजवादी पार्टी नेपाल बर्दियाले आफनो चुनावी घोषणपत्र सर्वजनिक गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिकाको नगरप्रमखक पदमा उम्मेदवारी दिनु भएका सुधाकर मिश्रले आफनो टिम सहित चुनावी घोषणपत्र सर्वजनिक गर्नुै भएको हो ।
घोषणापत्र सर्वजनिक कार्यक्रममा बोल्दै अगामी ५ वर्षमा आफुले गर्ने कार्य तथा योजनाहरु बारे पत्रकार सम्मेलन गरि सर्वजनिक गर्दै घोषणपत्रमा शिक्षा र खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिईएको मिश्रले बताउनु भयो ।
घोषणपत्रमा निजि विद्यालय भन्दा सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा दिने, बहुप्रविधिक शिक्षालयको स्थापना गर्ने योजना अघि सारिएको छ । वडा स्तरिय खेलकुद मैदान बनाई खेलकुद सामाग्री पनि उपलब्ध गराउने योजना मिश्रले बनाउनु भएको । गुलरिया नगरपालिकामा उद्योग र कलकारखाना संचालन गर्दै रोजगार बैंकको स्थापना गरि प्रतिवर्ष कम्तीमा ५ सय युवालाई रोजगारी दिइने भनिएको छ । ५ वर्ष भित्रमा प्रत्येक घरमा खाना पकाउन निशुल्क बायोग्याँस दिइने योजना रहेको छ ।
मेयर पदमा उम्मेदवारी दिनुभएका मिश्र विगत २८ वर्ष सम्म माध्यमिक तहमा विज्ञान शिक्षकको रुपमा शिक्षण गरि एउटा कहिलिएको विज्ञान शिक्षकको रुपमा जिल्ला भित्र छुटटैपहिचान बनाउनु भएको छ ।
घोषणापत्र सर्वजनिक कार्यक्रममा बोल्दै नगर उपप्रमुखको पदमा उम्मेदवारी दिनुभएकी सुमित्रा चौधरीले महिलाहरुको शाशक्तिकरण गर्दै उच्च ओहदा समेत महिलाको पहुँच पु¥याउने कार्यका लागी आफुले उम्मेदवारी दिएको बताउनु भएको छ ।