नेपालगन्ज : बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि आफ्नो आफ्नो पार्टिको प्रतिवद्धता बोकेर उमेदवारहरु घरदैलो पुग्ने गरेका छन । विहानैदेखि उमेदवारहरु आफ्ना समर्थक तथा कार्यकर्ताहरु लिएर वडा देखि टोल सम्म पुगिरहेको देख्न पाइन्छ । बाँकेको खजुरामा पनि यस्तै दृश्य देख्न पाइन्छ । खजुरा गाउँपालिकाको सरकारमा पुग्न अहिले विभिन्न दलहरु जनता रिझाउने प्रयासमा छन ।
खजुरा नेकपा एमालेका उमेदवारहरु विहानै देखि आफुले सार्वजनिक गरेको प्रतिवद्धता बोकेर मतदमताको घरदैलो सम्म पुग्ने गरेका छन । खजुरामा अन्य दलले भने यो समाचार तयार पार्दा सम्म प्रतिवद्धता पत्र सार्वजनिक गरेको छैन । एमालेको तर्फ बाट गाउँपालिका अध्यक्ष पदमा उमेदवारी दिएका सुमन मल्ल, उपाध्यक्ष पदका उमेदवार नाजरुन निशा, वडाअध्यक्ष पदका उमेदवार तथा वडा सदस्य पदका उमेदवारहरु सबैले प्रतिवद्धता पत्र बोकेर घरदैलो गरिरहेका छन ।
यस अघिको निर्वाचनमा पनि खजुरामा नेकपा एमालेको बहुमतको सरकार बनेको थियो । अघिल्लो सरकारले गरेको प्रगति र छुटेका कुरालाई पुरा गर्दै थप विकास गर्न पुन : मतदाताकाहाँ उमेदवारहरु पुगिरहेका छन । मतदाता कहाँ पुग्दा उमेदवारलाई जनताहरुले हौसला स्वरुप जितको आर्शिरबाद दिने गरेको नेकपा एमाले खजुराका निर्वाचन प्रसार प्रचार समितिका संयोजक देउराम विसीले जानकारी दिए । अध्यक्ष पदका उमेदवार सुमन मल्लले आफुले काम गर्न सक्ने जति नै प्रतिवद्धता पत्रमा राखेको र काम गर्न नसक्ने कुरा नराखिएको उल्लेख गरे । ग्रामिण स्तरमा रहेका जनतालाई आफुले पहिलो प्राथमिकता दिने बताए ।
कुनै पनि नागरिक भोको र विना घर बस्न नपर्नै हुदाँ आफुहरुलाई विस्वास गर्न आग्रह गरे । अध्यक्ष पदका उमेदवार मल्लले भने – ‘मैले पुरा गर्न नसक्ने कुरा भन्दिन, त्यसैले जे सक्छु त्यो भन्छु ।’ आफु र आफ्नो पार्टिले गरेको प्रतिवद्धताको हरेक बुदा पुरा गरेर देखाउने उनले बताए ।