नेपालगन्ज : खजुरा गाउँपालिका नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उमेदवार सुमन मल्लले आफुले भ्रष्टचार नसहने बताएका छन । भ्रष्टचार गर्नेहरुलाई कहि गएपनि नछाड्ने बताउँदै उनले सुसासनमा जोड दिइने उल्लेख गरे । विहिबार खजुराको वडा नम्बर २, र ३ का विभिन्न टोलहरुमा घरदैलो गर्नेक्रममा उनले जनतालाई आफु भ्रष्टचार गर्नेहरुसंग सधै टाढै रहने बताएका थिए ।
अध्यक्ष पदका उमेदवार मल्लले जिवनमा अहिले भ्रष्टचार गर्न नपरोस भनि सदैव यसको विरुद्धमा उभिने प्रतिवद्धता जनाएका थिए । भ्रष्टचार बढ्दै गएको र यसले देशको विकासमा नराम्रो असर गरेको बताउँदै उनले यसलाई सुन्यमा झार्नका लागि जनताले मत दिएर जिताउन आवश्यक रहेको बताएका थिए । घरदैलोमा मत माग्न पुगेका मल्ललाई स्थानियहरुले जितेर जनता र खजुराको विकासमा जोड दिन आग्रह गरेका थिए । जनताको आशालाई निरासामा बदल्न नदिने मल्लले उल्लेख गरे ।
सितापुरका एक मतदाताले आफुले चाहेको खोजेको जस्तै अध्यक्ष पदमा एमालेले उमेदवार उठाएकाले आफु फरक पार्टिको भएपनि समर्थन भने सुमन मल्ललाई रहने विस्वास व्यक्त गरेका थिए । प्रतिवद्धता पत्र सहित मतदाताको घरदैलोमा विहान देखिनै पुग्ने गरेका अध्यक्ष पदका उमेदवार मल्ल, उपाध्यक्ष पदका उमेदवार ताजरुन निशा, वडा अध्यक्ष तथा सदस्य पदका उमेदवारहरुले जनताको मन जितेर मत आफ्नो पक्षमा पार्न कसरत जारी राखेका छन ।
खजुरामा सुमन मल्लको सम्भावना पछिल्ला दिनमा अझ राम्रो बन्दै गएको नेकपा एमालेका नेता सतिश निरौलाले जानकारी दिए ।