नेपालगन्ज : खजुरामा एमालेका उमेदवार सुमन मल्ल र गठबन्धनका उमेदवार डम्बर विक ‘तुफान’ले खजुरा गाउँपालिकाको अध्यक्षमा आफ्नो जित हुनेमा दावि गरेका छन । बैसाख ३० गते हुन गैरहेको स्थानिय निर्बाचनमा खजुरालाई आफ्नो पोल्टामा पार्न दुवै उमेदवारहरु जनतालाई भेटन् र मत माग्न घरदैलोमा पुगिरहेका छन ।
बाँकेको राजनीतिक परिवेसमा ‘तुफान’ नाम एक तत्कालिन माओबादी कमाण्डरको हो । भने सुमन युवा व्यवसायिका साथै विकास प्रेमी नेता हुन । थोरै बोल्ने तर बोलेको पुरा गर्ने बानी छ सुमनमा । दुबै उमेदवारहरुले आफ्नो प्रसार र जनतासंगको भेटघाटलाई तिव्रता दिएका छन । सुमन खजुरा गाउँपालिका वडा नम्बर १ को अध्यक्ष समेत भैसकेका छन । वडामा रहेर राम्रो विकासका काम गरेकाले एमालेले टिकट दिएको उनका समर्थकहरु बताउछन ।
सुमनको नाम नै काफि छ चुनाव जित्नलाई एमाले खजुराका नेता किरण ढकालले बताए । युवा माझमा सुमन लोकप्रीय नाम हो । खजुराको विकास गर्न नै आफुले उमेदवारी दिएको सुमन बताउँछन । एमाले खजुराले ११२ बुंदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिसकेको छ ।
द्वन्द्वकालमा बाँके र बर्दियालाई राजनीतिको मलजलको कर्मथलो बनाएका थिए डम्बर विक तुफानले । उनी ०५४ मा सल्यानबाट फर्किदै गर्दा अगैयामा प्रहरी कब्जामा परेर तीन महिना हिरासतमा परे । अहिले तुफान स्थानिय तहको चुनाबमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका लागी गठबन्धनको तर्फबाट उमेदवारी दिएका छन । २०७४ सालमा भएको निर्वाचनमा पनि अध्यक्ष पदका लागि एकिकृत माओबादी पार्टि बाट तुफानले चुनावमा भाग लिएका थिए । त्यसताका तुफानले हार बेहोर्न परेको थियो ।
एमालेका उमेदवार रहेका किस्मत कुमार कक्षपति विजयी भएका थिए । अहिले पनि एमालेका उमेदवार सुमन मल्ल र डम्बर विक ‘तुफान’ विच कडा प्रतिस्पर्धा हुने निस्चित देखिएको छ । एमालेका उमेदवार मल्ल पनि खजुरामा एक बलियो उमेदवार रहेकोले अलि धेरै नै मेहनत गर्न पर्ने ‘तुफान’का समर्थकहरु बताउँछन । विगत ५ वर्ष देखि खजुराको सरकार प्रमुख बन्न चाहेका ‘तुफान’ ले मतदाता भेटघाटलाई सुस्म ढङबाट अगाडि बढाएको एक कार्यकर्ताले जनाए । खजुरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको दिन समग्र जनताको जित हुने ‘तुफान’ले जनाए ।