नेपालगन्ज : नेकपा एमाले तर्फबाट खजुरा गाउँपालिकामा अध्यक्ष पदका उमेदवार बनेका सुमन मल्लले जनताहरुलाई तातो हावा (लु)बाट जोगिन आग्रह गर्नुभएको छ । निर्वाचनको दिन नजिकिदै गएको समयमा घरदैलो अभियानलाई तिव्रता दिएका मल्लले गर्मीयाम बढेसँगै तातो हावा चल्न थालेकाले लुबाट बच्न दिउँसो घरबाट ननिस्कन अनुरोध गर्नुभयो हो ।
जनतासंग आफ्ना योजना सुनाउन विहान साझ घरदैलोमा पुग्ने गरेका अध्यक्ष पदका उमेदवार मल्लले खजुराको विकास गर्न आफ्नो उमेदवारी रहेको बताउँदै जनता स्वस्थ रहनका लागि अहिलेको समयमा विशेष ध्यान दिन आग्रह गर्नुएको छ । बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न अनुरोध गर्नुभयो ।
तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गरेका कारण सबै सचेत रहन आग्रह अर्नुभएको छ । अध्यक्ष पदका उमेदवार सुमन मल्लले आज खजुरा गाउँपालिकाको वडा नम्बर १, २ र ३ का टोलहरुमा जनता भेट्ने कार्य समेत गरि आफ्नो स्वास्थ्यलाई विषेस ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो । ‘खजुराको विकास हेर्न लाएकको बनाउने जिम्मा मेरो हुनेछ,’– उहाँले बताउनुभयो ।