
बैशाख, गुलरिया : राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गुलरिया नगरपालिकामा मेयर पदका उमेदवार सुजित राज श्रीवास्तवले आफुले जितेमा पूरा कार्यकाल आफुले कुनै पनि सेवा सुबिधा नलिने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गुलरिया नगरपालिकामा मेयर पदका लागी उम्मेददारी दिएका युवा नेता श्रीवास्तवले आफुले चुनाव जितेमा सम्पुर्ण कार्य अवधीभरी पाउने सबै सेवा सुबिधा आफुले नलिएर पालिकाबासी गरिब, आर्थिक अवस्था कमजोर भएका परिवारको लागि खर्चने घोषणा गरेका छन ।
राजनीतकि परीवारमा जन्मलिइ धेरै बर्ष अमेरीका बसेर अनुभव बटुलेका क्षीवास्तवले (यूवा अवस्थामा मैले आफ्नो गाऊँ समाजका लागी केही गर्नु पर्छ ) भनी उम्मेददारी दिएको बताउछन । स्थानीयको चासोको बिषय सम्बन्धित मुद्दा, चाहेको बिकास र अपेक्षामा आफु सधै वफादार रहने उनी बताउछन ।
नगरवासी सबैको आशा र भरोसाको केन्द्र रहेका श्रीवास्तवले जनताले आफुलाई बिश्वास गरेर जिताएमा नगरपालिकामा नयाँ किसिमले बिकासको काम थालनी गर्ने बताएका छन ।
मैले बिगतमा जनप्रतीनिधी हरुबाट भएका कमी कमजोरी हरुलाइ राम्रोसंग नियालेको छु , अध्ययन गर्ने मौका पाएको छु , त्यसमा सुधार लयाउने अवस्यपनी कोसीस गर्नै छु । मेरो इच्छा जनताकै सेवा गर्ने हो र जताको इच्छा र चाहना अनुसार नै नगरपालिकाको बिकास कार्यमा काम गर्ने हो त्यसैले पनि जनताको समस्या के छन् बुझ्दै टोलटोलमा पुग्दै छु, श्रीवास्तवले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सबै साना तथा ठूला दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गरी सकेका छन ।