खजुरा ३ को अध्यक्षमा काउचाको स्वतन्त्र उमेदवारी

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर तिनको अध्यक्षको लागी युवा नेता बिकास काउचा मगरले स्वतन्त्र उमेदवारी  दिएका छन् ।

ठुलो दलबल सहित निर्वाचन कार्यालय पुगेका युवा नेता काउचा मगरले खजुरा ३ को अध्यक्षमा स्वतन्त्र उमेदवारी दर्ता गरेका हुन् ।

काउचा मगरको वडा अध्यक्ष पदको उमेदवारीको लागी प्रस्तावक वसन्त भण्डारी र समर्थकमा प्रेम खरेल रहेका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षको लागी स्वतन्त्र उमेदवारीको घोषणा गर्दै वडाको बिकासको लागी आफुले उमेदवारी दिएको बताएका छन् ।

नेकपा एमाले खजुरा वडा नम्बर ३ बाट अध्यक्षको लागी ३ जनाको नाम सिफारिस भएकोमा बिकास काउचामगरको नाम समेत सामेल थियो । पछिल्लो समय टिकट वितरणमा युवालाई उपेक्षा गरिएपछि खजुरा वडा नम्बर ३ का युवाहरुले अध्यक्षको लागी स्वतन्त्र उमेदवारी दिन प्रेरित गरेका छन् ।

काउचा मगर खजुरा वडा नम्बर तिनमा राम्रो पकड राख्ने ब्यक्ति हुन्, मगर समुदायमा राम्रो पकड राख्ने काउचा मगरलाई खजुरा तिनका युवाहरूको उल्लेख्य साथ रहेको बुझिएको छ । उनले उम्मेदवारी दर्ता गराएमा खजुरा वडा नम्बर तिनको राजनैतिक हिसाबकिताबमा ठूलो परिवर्तन आउने आएको आभास भएको छ ।

उमेदबारी दर्ताको लागि ठूलो संख्यामा युवा, वृद्ध, महिला लगायतको समेत सहभागीता रहेको थियो । दलहरुले वडाको बिकास गर्न नसकेर आजित भएका वडाबासी स्वतन्त्र रुपमा बिकास काउचा मगरलाई उमेदवारि दिन प्रेरित गरेका थिए ।

प्रतिक्रिया