नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लोक दोहोरी गायिका राधिका हमाललाई सिफारिस गरेको छ । तर उनले उम्मेदवारी दिन अस्वीकार गरेकी छन् ।
आफूलाई विश्वास गरेर उम्मेदवार सिफारिस गरेकामा धन्यवाद दिँदै उनले स्वास्थ्य समस्याका कारण उम्मेदवारी नदिने अनलाइनखबरसँग बताएकी छन् ।
सत्ता साझेदार दलबीच गठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले रोल्पाको सबै स्थानीय तहमा आइतबार उम्मेदवार सिफारिस गरेको थियो । त्यस क्रममा त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गायिका हमालको नाम सिफारिस गरेको थियो ।
२०७४ सालमा कांग्रेसले हमाललाई त्रिवेणी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको थियो । तर उनी पराजित भएकी थिइन् ।