
नेपालगन्ज : माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको घोषणा गर्दै चुनावमा एक्लै जाने निर्णय गरेको छ ।
आज एक प्रेस विज्ञप्ति जाती गर्दै नेकपा ( माओवादी केन्द्र) ले मेयर / उप मेयर सहित २३ ओटै वडामा उम्मेदवारी दिने बताएको छ ।
नेकपा माओवादीका नगर इन्चार्ज रतन शाहीले जारी गरेको प्रेस वक्तव्यमा अगाडी भनिएको छ, विगत २०७४ सालको स्थानिय तहको निर्वाचनामा पाएको मतपरिणम र गठवन्धनदलको हिसाबमा हाम्रो पार्टी द्रोसो स्थानमा भएको कुरा सवैमा अवगत छ ।
तर केन्द्रिय गठवन्धनको मुलमर्म विपरित नेपालगंज उपमहानगर पालिकाभित्र रहेका गठवन्धन संम्वद्ध दलहरु नेपाली कांग्रेस जनता माजवादी पार्टी जसले प्रमुख र उपप्रमुख प्राप्त गरेका छन ।
उक्त दलहरुले गठवन्धनको मुल स्प्रिट विपरित वडाहरुमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठवन्धनको औचित्य समाप्त भएकोले हामो पार्टी नेकपा (माओवादी केन्द्र) असान्न बैशाख ३० गते हुनगईरहेको स्थानिय तह निर्वाचनमा प्रमुख उपप्रमुख सहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने धोषण गर्दछौं ।
