पायनियर बचतको सेवा शाखा खजुरामा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको पायनियर बचत तथा ऋण सहकारी सस्थाले खजुरामा शाखा विस्तार गरेको छ । २०६८ सालमा स्थापना भएको सहकारीले जिल्लभरी आफ्नो शाखा विस्तार गर्ने क्रममा खजुरामा शाखाको सुरुवात गरेको हो ।

सहकारीले शाखा सुरुवातको अवसरमा निशुल्क आखाँ चेक जाचँका साथै आवश्यक औषधि वितरण गरिएको हो । पायनियर बचत तथा ऋण सहकारी सस्थाले खजुरा बजारमा कार्यालय रहनेगरि शाखा विस्तार गरेको सहकारीका कार्यकारी प्रमुख विस्णु खनालले जानकारी दिनुभयो ।

सहकारीको मुख्य कार्यालय नेपालगन्जको धम्बोझीमा, शाखा कार्यालयहरु कोहलपुर सेवा केन्द्र रेडक्रस मार्गमा, खजुरा सेवा केन्द्र खजुरामै र बैजनाथ सेवा केन्द्र समेत संचालनमा आउन लागेको कार्यकारी प्रमुख खनालले जानकारी दिनुभयो । सहकारकिा अध्यक्ष शसि स्वारको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा शाखाको उद्घाटन लुम्बिनि बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा हाम्रो कृषि सहकारी सस्थाका अध्यक्ष डिल्ली राज रेग्मी, सहकारीकर्मिहरु तथा सेवाग्राहिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया