नेपालगन्ज : स्थानीय चुनाव नजिकिदै गर्दा जानकी गाउँपालिकाका युवाहरू एमाले उमेदवार जिताउन संगठित रुपमा अगाडी बढ्ने भएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ४ मा युवाहरुले भेला गरेर नेकपा एमालेका उमेदवारहरुलाई प्रचण्ड बहुमतले जिताउन आफुहरु लागि पर्ने बताएका हुन् । जानकी गाउँपालिकाको अध्यक्षका उमेदवार युवा नेता हिमान्शु यादव र उपाध्यक्षमा भुमिसरा धिताल लगायत सम्पुर्ण वडाहरुमा एमालेको झण्डा फहराउने कार्यमा युवा संघका नेता-कार्यकर्ताहरुले नै नेतृत्व लिने सहभागीहरुले बताएका छन् ।
जानकी गाउँपालिकामा सम्पुर्ण टिम नै एमालेबाट निर्वाचित भएर आउनेमा काममा युवाहरु जुटि सकेको समेत युवा नेताहरुले बताएका थिए । युवाहरुलाई सम्बोधन गर्दै नेकपा एमाले जानकीका इन्चार्ज किशोर थापाले जानकीमा एमालेको झण्डा फहराउन कसैले रोक्न नसक्ने बताएका थिए ।
उता युवाहरुलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता पदम धितालले युवाहरु नै जानकीमा एमालेलाई जित दिलाउने भएको हुँदा सबै युवाहरू चुनावमा होमिन निर्देशन समेत दिनुभएको थियो ।