अगैया, बाँके : युवा नेतृ संगिता चौधरी राजनिति सगै गाउँमै बसेर गार्मेन्ट उद्योग संचालन गर्छिन । राप्ती सोनारी गाउँपालिका क्षेत्रमा आफ्नो राजनितिक पहिचान बनाएकी संगिता व्यवसाय बाट पनि केहि गर्न सकिन्छ भन्ने लागेर गार्मेन्ट उद्योग तिर हात हालेकि हुन । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेको उनको घर छेउमै गार्मेन्ट उद्योग छ । संगिताले गार्मेन्ट उद्योग मार्फत स्थानिय महिला दिदिबहिनीहरुलाई रोजगारी समेत दिएकी छन । उनले गार्मेन्ट उद्योग संचालन गरेको २ वर्ष पुगिसकेको छ ।
स्थानिय महिला दिदि बहिनीले संगिताको गार्मेन्टमा तालिम लिएर त्यहि रोजगार पाइरहेका छन । दिनहुँ ५ जनालाई नियमित रोजगारी प्रदान गरिएको उनले बताइन । गाउँमै स्तरिय लुगाँ पाउने भएपछि राप्ती सोनारीका जनतालाई बजार धाउनुपर्ने झण्झट टरेको छ । सुरुमा ३ लाख बाट व्यवसाय सुरु गरेकी संगिताले आफ्नो व्यवसायलाई बढाउदै झण्डै करोड जति पुगाएकी छन । अर्डर अनुसार गार्मेन्टको काम हुने हुदाँ १२/१५ जना अधिकास समयमा स्थानिय महिलाहरुले रोजगारी पाएका हुन्छन ।
संगिताले आफ्नो गार्मेन्टमा १२ वटा कालो मेसिन, ३ वटा ठुलो मेसिन, १ वटा ओभर लक, १ कटिङ मेसिन, १ कन्साई मेसिन, १ रिप कटर मेसिन राखेर स्तरिय लुगा बनाउने क्रममा लागेकी छन् । गार्मेन्ट उद्योग सगैं जनताको समस्या समाधान गर्न उनले समय निकाल्ने गरेकी छन । जनताको समस्यालाई आफ्नो समस्या ठान्ने उनि ग्रामिण स्तरबाटै समृद्धि आवश्यक रहेको बताउँछिन् । ग्रार्मेन्ट उद्योग गाउँमा खोलेर ग्रामिण महिलाहरुलाई रोजगारि दिएकी संगिताले राजनिति तिर पनि महिलाको पहुँच बढाउन आवश्यक रहेको बताइन । राजनिति नेतृत्वमा महिला सहभागिता अपरिहार्य रहेकोले यसतर्फ आफ्नो रुचि बढेको उल्लेख गरिन् ।
व्यवसाय सगै राजनितिमा आफ्नो भविस्य बनाउन चाहेको उनले बताइन । गार्मेन्ट उद्योग संचालन गर्दा लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरर्गत संगिताको गार्मेन्ट उद्योगमा व्यवसायिक गार्मेन्ट सिप विकास तालिम संचालन गरेको थियो । तिन महिना सम्म चलेको तालिममा २५ जनालाई एडभान्स टे्रनिङ दिइएको थियो ।
विषेश गरि लेडिज आइटम अर्डर अनुसार तयार गरिने गार्मेन्टमा सुत्केरी न्यानो झोला, स्कुल ड्रेस, ट्राउजर, हुड, ज्याकेट, उनसिटर लगाएत अन्य लुगाहरु पनि तयार गरिने संगिताले जनाइन् । उनले उत्पादन गरेका लुगाहरु राप्ती सोनारी गाउँपालिका क्षेत्रमा रहेका कपडा पसलहरुमा थोकमा पुगाउन सकेकि छैनन् । माग धेरै आउन थालेकाले थप जनशक्ति थपेर उत्पादन क्षमता बढाउन थालिएको संगिताले बताइन ।