‘श्रीमानले पठाएको पैसा जोगिएको छ’

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा संचालित शुरक्षित आप्रवास (सामी) परियोजनाले समन्वय बैठक सम्पन्न गरेको छ । नेपाल सरकार र स्वीस सरकार वीचको समन्वयमा संचालन गरिएको सामी परियोजना मार्फत बैदेशिक रोजगारमा जाने परिवारमा चेनता जगाउने र लघु व्यवसायि बनाउने कार्य गरिएको परियोजनाका वित्तिय शाक्षरता सहजकर्ता श्रद्धा देवकोटाले जानकारी दिनुभयो । परियोजनाले खजुरामा ४ वठा समुह निर्माण गरि २४ हप्ते तालिम समेत दिएको थियो ।

परियोजना अन्तर्गत तालिम लिएकी खजुरा गाउँपालिका वडा नम्बर ७ मा रहेको चेतनसिल वित्तिय साक्षरता समुहका अन्जु रोका मगर आफु बैदेशिक रोजगारी बाट फर्केको र पुन विदेश जान छाडेर व्यवसायिक कृषिमा लागेको अनुभव सुनाउनुभयो । रोकामगरले तरकारी सगै बाख्रा पालन समेत गर्ने गर्नुभएको छ । श्रीमान विदेशमै हुनुहुन्छ, घर खर्च चलाउन यहि तरकारी र खसि बाख्रा विक्रिले धानेको उहाँ बताउनुहुन्छ । वडा नम्बर ६ सिमलघारीका सुनिता विकलाई पनि परियोजनाले तालिम दिएपछि नेपालमै केहि गर्न सकिन्छ भन्ने भान भएको छ । वडा नम्बर ७ सिन्दुरीका रत्ना सुनारले श्रीमान विदेशमा भएपछि आफुले श्रीमानको कमाईमा भर पर्न परेको अवस्था सुनाउदै भन्नुभयो,– पहिले आफुले केहि गर्ने थिएन सबै श्रीमानको भर पर्न पर्दर्थो तर परियोजनाले गर्दा तालिम लिइयो र श्रीमानको कमाई जोगाउन आफैले व्यवसाय सुरु गरेको उल्लेख गर्नुभयो ।

परियोजनाका कारण धेरै जनाले बैदेशिक रोजगारीमा जादाँ अपनाउनुपर्ने कुराहरुको बारेमा जानकारी लिएको परियोजनाका मनोसामाजिक परामर्शकर्ता मुना रिजालले जानकारी दिनुभयो । परियोजनाले खजुरामा आप्रबासको प्रोफाइल निर्माण गर्ने काम समेत गरिरहेको जनाएको छ । जसका लागि १२ हजार घरधुरीमा पुग्न पर्नेमा हाल सम्म ८ हजार ३ सय ४७ घरधुरीमा गणकहरु पुगिसकेको परामर्शकर्ता रिजालले जनाउनुभयो । जसमा विदेशमा गएको ६ हजार ३ सय ७८ रहेको र १ हजार ९ सय ६९ घर फर्किएका छन ।

स्थानिय पदाधिकारी तथा जनप्रतिनिधि, कर्मचारी विच गरिएको समन्वय बैठकमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले विदेशमा रहनुभएका दाजुभाईलाई खजुरामै रोजगारी प्रदान गर्न सकिने गरि नयाँ योजनाहरु बनाइरहेको बताउनुभयो । बैठकमा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, योजना अभिकृत दिल बहादुर पौडेल, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, कृषि शाखा प्रमुख पुनम पोखरेल, रोजगार शाखा प्रमुख प्रतिक्षा न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया