नेपालगन्जमा महिला कलेजको उद्घाटन

बैशाख, बाँके : नेपालगन्जस्थित मंगलप्रसाद महिला कलेजको आज उद्घाटन गरिएको छ । पुर्वान्चल विश्वविद्यालयका उप–कुलपति प्रा. डा. यादव कोइरालाले विधिवत रुपमा कलेज उद्घाटन गरेका हुन् । कलेज परीषरमा आज आयोजित कार्यक्रममा बोल्दै उप–कुलपति कोइरालाले कलेजलाई सबन्धन दिनका लागि आफू सकरात्मक रहेको बताए । यहाँका मधेसी तथा मुस्लीम समुदायका महिलाहरु कलेज पढ्नका लागि सिमा क्षेत्र रुपडियामा रहेको कलेजमा जानुपर्ने बाध्यता भएकाले र नेपालगन्ज उपमहानगरपालिकाले कलेज सन्चालन गर्न लागेकाले यी दुई कारणले पुर्वान्चल विश्वविद्यालयले सम्बन्धन दिन सकरात्मक भएको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको ८ करोड लागतमा १२ कठ्ठा जग्गा लिजमा लिएर कलेजको संरचना निर्माण गरिएको कलेज प्रमुख रविन्द्र कर्णले बताए । कलेजले सम्बन्धन पाएलगत्तै व्यवस्थापन संकायमा विविएस, विविए, शिक्षा संकायतर्फ ४ वर्षे विएड, कानुन संकायमा विए एलएलवि र विज्ञान संकायमा विसिए र विआइटि विषयमा पढाई सन्चालन हुने उनले बताए ।

अपांग मैत्री कलेज निर्माण गरीएको बताउदै उनले ४० कोठे भवन रहेको जानकारी दिए । मेयर डा. धवल शम्शेर राणाले कलेज यस क्षेत्रकै लागि महत्वपुर्ण उपलब्धी भएको बताए । यस उपलब्धीलाई पालिकाभित्रको मात्र नभई यस क्षेत्रकै सामुहिक उपलब्धि बनाउनुपर्नेमा प्रदेश सभासदस्य आइपि खरेलले जोड दिए ।

यसका साथै प्रा. डा. कोइरालाले विद्यालयको अवलोकन गरेका छन् । विद्यालयको कम्पयुटर ल्याब र कक्षाकोठाको अवलोकन गरेका हुन् ।

प्रतिक्रिया