सिमाक्षेत्रबाट प्रतिवन्धित पशुपक्षि अवैध रुपमा भित्रिन नदिन सरोकारवाला संग अन्तर्क्रिया

फागुन ३, नेपालगन्ज : पशुपंक्षीको अवैध आयातले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले यसलाई रोक्न सरोकारवाला सबै सम्वेदनशिल हुनुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्रीले बताउनुभएको छ ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेको आयोजनामा आज नेपालगन्जमा आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासंगको अन्तर्क्रिया बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सुरक्षा निकायसंगै, व्यवसायी, उपोभोक्ता लगायत सबै सरोकारवालाहरुले अवैध आयात नियन्त्रणमा भूमीका खेल्नुपर्ने बताउनुभयो ।

सरकारले प्रतिवन्धित गरेका पशुपक्षि सिमाक्षेत्रबाट अवैध रुपमा भित्रिदा विभिन्न संक्रामक रोगहरु फैलन सम्भावना हुन्छ । जसकारण यस क्षेत्रमा सुरक्षा चुनौति बढ्ने भएकाले एक अर्कालाई आरोप लगाउने प्रवृतिको अन्त्य गर्दै सहकार्य गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवैध आयात नियन्त्रणका लागि प्रयासरत रहेको बताउनुभयो । सिमाक्षेत्रमा सुरक्षाकर्मीहरु नै अवैध आयातमा संलग्न हुने गरेको आरोप खेपिरहेको बताउदै उहाँले यसप्रति निगरानी गरीरहेको र कुनैपनि सुरक्षाकर्मी संलग्न भेटिएमा कारवाहि प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

जिल्लाका सुरक्षाकर्मी, भन्सार कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवाला सहभागी कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा. विनय कुमार कणर् र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा. भक्त निउरेले सिमाक्षेत्रबाट पशुपंक्षि आयात निर्यातका विषयमा बनेका ऐन, कानुन र तीनको कार्यान्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा. विनय कुमार कणर्ले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उपोभोक्ताले कर्मचारीलाई सधै अविश्वास गर्ने प्रवृति बन्द गर्नुपर्ने बताउदै उहाँले अवैध आयात नियन्त्रणमा आफुहरु प्रयासरत रहेको बताउनुभयो ।

भारतमा वर्ड फ्लु देखीएपछि नेपालमा कुखुरा आयात प्रतिवन्ध गरीएको छ । हाल चितवनमा पनि वर्ड फ्लु देखीएकाले कखुराजन्य पंक्षि आयातमा कडाइ गरेको बताउनुभयो । उपोभोक्ताले पनि एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा किनबेच गर्दा कुखुरा उत्पादन भएको क्षेत्रको प्रमाण हेरेर मात्र किन्नुपर्नेमा उहाँको जोड छ । एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा बेच्दा व्यवसायीले कुखुरा निरोगी भएको प्रमाणीत गर्नुपर्छ ।

जिल्लामा रहेका पशु चिकित्सकहरुले कुखुरा निरोगी भए नभएको प्रमाणीत गर्ने गर्दछन् । निरोगी प्रमाणीत भएका कुखुरा मात्र किन्न उपोभोक्तालाई उहाँको सुझाव छ । प्रमाण नभएका, अवैध आयात भएका कुखुरा बेचेको पाइएमा १० हजार रुपैयासम्म जरीवाना हुन सक्ने व्यवस्था छ । सिमानाकाबाट पशुपंक्षि अवैध आयात गरेको पाइएमा प्रमुख जिल्ला अधिकारीले आयातमा संलग्न विरुद्ध मुद्धा हाल्न सक्ने कानुनी व्यवस्था समेत छ ।

यस्तै उत्पादन भएको एक हप्ताभित्रमा अण्डा खान मील्ने उहाँ बताउनुहुन्छ । हप्तादिनपछि अण्डा चल्ला बन्ने प्रक्रियामा जाने भएकाले स्वास्थ्यका दृष्टिकोणले त्यो उपयुक्त नभएको उहाँको भनाई छ । एक हप्ताको अण्डा मात्र बेच्न पाइने प्रावधान भएपनि बजारमा छ्यापछ्याप्ती खुला रुपमा अण्डा बेच्न राखीने गरेको छ ।

लुम्बिनी प्रदेशका केहि स्थानमा उत्पादन मिति राखेर अण्डा बेच्ने कार्यको थालनी भएको उहाँ बताउनुहुन्छ । तर धेरै उपोभोक्ता र व्यापारीलाई यसबारेमा जानकारी नै छैन । माछामासु, अण्डा लगायतलाई फ्रुजन गरेको खण्डमा केहि समयसम्म उपयोग गर्न सकिने उहाँको भनाई छ । यस्तै स्वास्थ्यका दृष्टिकोणले भाले लागेको अण्डा पनि खान नमील्ने उहाँ बताउनुहुन्छ । यससम्बन्धी ऐन, कानुन बनेपनि कार्यान्वयमा आउन सकेको छैन ।

प्रतिक्रिया