
सिंहराज डाँगी नेपालका विभिन्न फरक भूगोलमा रहेका स्थानीय तहमा काम गरेर अहिले राप्तीसोनारी गाउँपालकाको प्रमुख प्रशासकीय अधिकृतकारुपमा जिम्मेवारी सम्हालिरहेका छन् । कर्मचारीका रुपमा उनले संगालेको अनुभव र राप्तीसोनारी गाउँपालिकाको सेवा प्रवाहका सम्बन्धमा गरिएको कुराकानी :
१. स्थानीय सरकारको अनुभव कस्तो रह्यो ?
मैले वास्तवमा नेपालको सबैभन्दा दुर्गम जिल्ला डोल्पा, त्यसपछि ओखलढुंगा र तराईंको राप्तीसोनारी गाउँपालिकामा काम गरेको अनुभव छ । यी तीनवटै गाउँपालिकाले नेपालको तीन वटै भूगोलको प्रतिनिधित्व गर्ने र नेपालको समग्र चित्रको प्रतिनिधित्व गर्छ जस्तो लाग्छ मलाई । डोल्पाको दुर्गममा पर्ने मुड्केचुला गाउँपालिकामा काम गर्दा मैले त्यहाँका स्थानीयवासीहरुले ती दिन लगाएर सदरमुकाम पुगेर आधारभूत सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको देखेको छु । आर्थिक र सामाजिक विकासमा पहिले कहिल्यै नभएका कामहरु भएका छन् । ओखलढुंगामा सडकमा भएको प्रगति देखेको छु । अहिले राप्तीसोनारी गाउँपालिकाले पहिले सुगम जिल्लाको दुर्गगम क्षेत्र भनेर चिनिने परिचयलाई बदलेको देखेको छु । हुनसक्छ काम गर्दा कसैले बदमासी पनि गरेका होलान् । त्यसलाई रौकन जनता र राज्यका संयन्त्र पनि चनाखो हुनुपर्ला । तर समग्रमा स्थानीय सरकारको पहिलो कार्यकालले सघीयताको आवश्यकतालाई राम्रैगी पुष्टि गरेको मैले ठानेको छु ।
२. राप्तीसोारी गाउँपालिकाले गरेका उल्लेखनीय कामहरु के–के हुन् जस्तो लाग्छ ?
राप्तीसोनारी गाउँपालिका पहिले सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित थियो । अहिले त्यो परिचय बदलिएको छ । सडकहरुको उल्लेखनीय विकास भएको छ । टोल टोलमा सडकहरु पुगेका छन् । स्तरोन्नति भएको छ । कल्भर्टहरु बनेका छन् । शिक्षालाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । शिक्षकहरुको व्यवस्थापन गरिएको छ । विद्यालयका भवनहरु सुधारिएका छन् । बालबालिकालाई विद्यालय आउन प्रोत्साहित गरिएको छ । अन्य आधारभूत संस्थाका भवनहरु निर्माण भएका छन् । आधारभूत स्वास्थ्य सेवा लिनकै लागि नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
निकुन्ज नजिक भएकोले त्यसबाट स्थानीय किसानहरुलाई परेको मर्का कम गर्न विकल्पहरु अपनाइएको छ । किसानहरुलाई साधन र स्रोत वितरण गरिएको छ । यी सबै कामहरु हेर्दा राप्ती सोनारी गाउँपालिकामा यहाँको वस्तुगत आवश्यकतालाई ध्यानमा राखेर योजनाहरु निर्माण गरिएको मैले पाएको छ । जनताका अपेक्षाहरु अझै थुप्रै छन् । ती अपेक्षाहरु अब पूरा हुन्छन् भन्ने संकेत पनि यो कार्यकालले दिएको छ ।
३. कर्मचारीहरुले कामै गर्दैनन् भन्ने पूरानो आम धारणामा कतिको परिवर्तन आएको पाउनुभयो ?
पहिले कर्मचारीहरु सदरमुकममै बसेर जिम्मेवारी पूरा भएको ठान्थे । जनताको सानो कामका लागि पनि सदमुकाम पुग्नुपथ्र्याे । अर्काेतिर कर्मचारीहरुलाई प्रत्यक्ष निगरानी गर्ने निकाय कुनैपनि थिएन । अहिले जनप्रतिनिधि भएपछि हामीले कुनै काम नगरेमा तुरुन्त त्यो कुरा जनप्रतिनिधि कहाँ पुग्छ । हामीले जवाफ दिनुपर्छ । यसले के गर्दाे रहेछ भने सबैलाई जनताप्रति उत्तरदायी बनाउँदो रहेछ । अहिले प्राविधिक कारणले हुने ढिलासुस्तिबाहेक जनताको काम नहुने भन्ने समस्या छैन । कर्मचारीहरुमा पनि जनतालाई दुःख दिनुहुन्न भन्ने भावनाको विकास भएको मैले पाएको छु ।
४. योजना र कार्यक्रमहरुबारे जनतालाई जानकारी दिन कस्तो संयन्त्र छ ?
यो महत्वपूर्ण कुरा । जनताले स्थानीय सरकारले कस्ता किसिमका योजनाहरु ल्याएको छ । कुन कार्यक्रम कहिले लागू हुन्छ । के प्रत्रिया चाहिन्छ भन्ने कुरा समयमै उपयुक्त तरिकाले जानकारी पाउनुपर्छ । त्यसका लागि हामीले कार्यालयमा सूचनापाटी राखेका छौँ । केही वडाहरुले विभिन्न ठाउँमा सूचना पाटीपनि राखन्ुभएको छ । तर अझै सबै ठाउँमा नागरिक वडापत्र, सुच्ना पाटी र कार्यान्वयन हुन लागेको कार्यक्रमबारे जानकारी दिने सहज उपायहरुको अवलम्बवन गर्नुपर्ने जनताको माग छ । हामी उहाँहरुको मागलाई सम्बोधन गर्नेगरी उपाय अवलम्बन गर्नेगरी योजना बनाइरहेका छौँ ।
५. जनप्रतिनिधी र कर्मचारी विकासका खम्बा हुन् विकासका लागी कसरी हातेमालो गर्नु भएको छ ?
कर्मचारी जनप्रतिनिधी सरकारको एक रथका दुई पाङ्ग्रा जस्तै हो । एक रथ प्रनिनिधी र एक रथ कर्मचारी हुन् । यी दुई बिचमा नङ र मासु सरह सम्बन्ध हुनुपर्छ । राप्ती सोनारीमा जनप्रतिनिधी र कर्मचारीको सम्बन्ध सुमधुर रहेको छ । सबैले आफ्नो तर्फबाट गर्ने काम गर्नु भएको छ । काममा हस्तक्षप छैन । राप्ती सोनारीको विकास र समृद्धमा सँगसँगै छौं ।