
नेपालगन्ज : स्थानीय तह निर्वाचनको मिति नजिकिदै छ । जन प्रतिनिधि भएर जनताको सेवा गर्ने धोको पछिल्ला दिनमा धेरैले गर्न थालेका छन । बाँकेको ८ वटा स्थानिय तहहरुमा उमेदवार छनोट गर्ने क्रम समेच चलिरहेको छ ।अन्य स्थानिय तह मध्य नेपालगन्ज उपमहानगरपालिकाको चर्चा भने बेग्लै छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उप मेयर पदका लागि चर्चा परिचर्चा चुलिएको छ । सम्भावित उमेदवारहरुले आफ्नो आंकाक्षा प्रस्तुत गरिरहेका छन । कहिले नाम समेत नसुनिएका चर्चामा नरहेकाहरु पनि उमेदवार बन्न तछाड मछाड गरिरहेका छन ।
नेपालगन्जमा राप्रपाको पकड राम्रो मानिन्छ । डा. धवल सम्सेर राणाले पनि अत्याधिक मतका साथ राप्रपा बाट मेयर जितेका हुन । अहिले राप्रपाको साख जोगाउने उमेदवारका रुपमा उप मेयरका सम्भावित उमेदवार आंकाक्षीको रुपमा बिन्दु चर्ती मगरको चर्चा चलेको छ । राप्रपाको लागी समेत शाखको बिषय रहेको नेपालगन्ज उपमहानगरपालिकामा चर्चित संगै स्वच्छ छबिको उमेदवारको खाचो बिन्दुले टार्ने स्थानिय बताउँछन । सहयोगी तथा समाजिक कार्यमा सधै अग्रसर बन्दै नेपालगन्जमा ‘बिन्दु दिदि’को नाम कमाउन सफल महिला उद्यमी बिन्दु चर्ती मगर आसन्न चुनावमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरका आंकाक्षी हुन् । चर्तिको उपमेयरमा चुनाव लड्ने चर्चा हुन थालेपछि उनलाई एक बलियो र उपमेयर जित्न सक्ने उमेदवारका रुपमा लिन थालिएको छ ।
नेपालगन्जकै सफल पुस्प ब्यवसायी चर्ती मगर २०६२–६३ देखी नै राजनीतिमा सक्रिय हुनुहुन्छ । राप्रपाको इलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गरेकी चर्ती राजनिती संगै सामाजिक क्षेत्रमा बढी सकृय हुनुहुन्छ । विहान देखी साझ सम्म जनताको समस्या, आफ्नो व्यवसाय र सामाजिक कार्यमै व्यस्त हुन रुचाउने चर्ति नेपालगन्जलाई एक विकास सम्पन्न बनाउने सपना बोक्नुभएको छ ।
नेपालगन्जलाई ग्रीन एण्ड क्लिन शहर बनाउने सपना लिनुभएको चर्तिले अति बिपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लाग्ने योजना रहेको बताउँनुहुन्छ । उसो त बिन्दु चर्ती मगरले ब्यवसायिक जिवनमै धेरै महिलालाई उधमी बन्न प्रेरित गरेको र उधमी बनाउन सफल भएको बताउनुहुन्छ ।

नेपालगन्जमा राप्रपालाई आफ्नो बिरासत जोगाउनु पर्ने अवस्थामा स्वच्छ छवि भएको उमेदवार नेपालगन्ज नगरको उपप्रमुखमा बिन्दु चर्तिलाई पाउनु जितको सम्भावना पनि हो, राप्रपाका नेताहरू बताउने गर्छन् ।
जसरी डाक्टर धवल शमशेर राणाले पार्टी तथा ब्यक्तिगत छबिको कारण नेपालगन्जमा जित निकालेका थिए त्यसरी नै बिन्दु चर्तिलाई नेपालगन्ज र राप्रपा भित्र सेकेन्ड धवल शमशेरको रुपमा हेरिन थालेको छ । सरल र निडर नेतृत्वको क्षमता चर्तिमा रहेको पाइन्छ ।
नेपालगन्ज राप्रपाले मेयर जितेको स्थानिय तह भएको कारण पनि मेयर तथा उपमेयरमा राप्रपाबाट आंकाक्षीको नामावली कम छैन तर राप्रपाको बिरासत जोगाउनु र नेपालगन्जमा जितलाई निरन्तरता दिनु महत्वपूर्ण भएको कारण जित दिलाउनसक्ने उमेदवारलाई नै राप्रपा नेतृत्वले बिश्वास गर्न सक्छ , जसमा चर्तिको सम्भावना बलियो रहेको पार्टी भित्र चर्चा चलेको पाइन्छ । पार्टिले उप मेयरमा चर्ति मगरलाई विस्वास गरे आगामि दिनमा पनि पार्टिको नाम र जनताको राम्रो सेवा गर्नेमा पार्टिका क्रियासिल सदस्यहरुले चर्चा समेत गर्ने गरेका छन ।
नेपालगन्जको सामाजिक क्षेत्रमा स्विकार्य र लामोसमय देखी सहयोगी भावले कार्य गर्दै आएको कारण पनि चर्तीलाई राप्रपाले बिश्वास गर्ने धेरैको बुझाई छ । उता चर्ती स्वयम् पार्टीले उपमेयरमा आफुलाई बिश्वास गर्ने कुरामा बिश्वस्त हुनुहुन्छ । उपमेयर पदका आंकाक्षि चर्तिको विषयमा अहिले पार्टिले पनि सकारात्मक रुपमा लिएको र यसको निर्णय पनि सकारात्मक आउने सम्भावना रहेको राप्रपाका एक नेताले बताए ।