नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा पहिलोपटक राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । खजुरामा रहेको खजुरा ब्याडमिन्टन क्लबले ‘बी’ तहको प्रथम राष्ट्रिय ब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७९ सम्पन्न गरेको हो ।
नयाँ वर्ष २०७९ को अवसरमा बैशाख १ गतेदेखि ३ गतेसम्म संचालन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा मेन्स डवल्स र भेट्रान्स डभल(४५ वर्षमाथि) गरी दुई विधामा खेलाइएको थियो ।
प्रतियोगिताको भेट्रान्स डबल्स (४५ वर्षमाथि) तर्फ नेपालगन्जका दुर्गाप्रसाद चौधरी र गिरिराज चन्द प्रथम भएका छन् । उनीहरुले नगर २० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै नवलपरासी तथा पाल्पाका करण विक र अनिल रसाली द्धितीय भए भने कोहलपुरका पृथ्वी बहादुर गुरुङ र दिलबहादुर गुरुङ एवम् गाभरका मोहनसिंह राना र चम्पासिंह थापामगर तृतीय भएका । द्धितीय र तृतीयलाई क्रमशः १५ हजार र १० हजार नगर प्रदान गरियो ।
मेन्स डबल्स (खुल्ला) तर्फ नेपालगन्जका चक्र डमरपाल र कृष्ण सलामी प्रथम भए । उनीहरुले नगर ३० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै नेपालगन्जका अर्जुन बुढामगर र गेहेन्द्र केसी द्धितीय भए । नेपालगन्जका सुरज गुप्ता र बुद्ध सोमइ एवम् सचिन चौधरी र शिव सुनार तृतीय भए । द्धितीय र तृतीयलाई क्रमस १५ हजार र १० हजार नगद प्रदान गरिएको थियो ।
कार्यक्रममा आयोजक क्लबका अध्यक्ष भक्तबहादुर गोदारक्षेत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता खजुरा गाउँपालिका–३, क गाउँमा निर्माणाधीन खजुरा ब्याडमिन्टन कभर्ड हलमा संचालन भएको थियो ।