पुर्व मन्त्री राईले गरे धम्बोझी माविको चारकोठे भवनको शिलन्यास

नेपालगन्ज : नेपालगन्जको नमुना विद्यालयको परीचय बनाएको धम्बोझी माविको चारकोठे भवनको आइतबार शिलन्यास गरीएको छ । पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले भवनको शिलन्यास गरे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यसै आर्थिक वर्षभित्र निर्माण सक्ने गरी उक्त भवन निर्माण गर्न लागिएको उनले बताए ।

भवनको शिलन्यास गर्दै पुर्व मन्त्री राईले धम्बोझी सामुदायी विद्यालयहरुको उदाहण भएकाले अन्य विद्यालयले यहाँको सिको गर्नुपर्ने बताए ।
तर विद्यालयमा शिक्षक अभाव देखीएको पाइएकाले शिक्षक दरबन्दी बढाउन तीनवटै तहको सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । विगतमा संसदीय कोषबाट यस विद्यालयलाई ५० लाख रुपियाँ प्रदान गरेको बताउदैँ आगामी दिनमा आफूबाट हुने सहयोग गर्ने बताए ।
सो अवसरमा विद्यालयको अवस्था, विद्यार्थिको चाप र कक्षा कोठाको अभावका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलराज उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा विद्यालयमा विद्यार्थिको चाप अत्याधिक रहेको र कक्षा कोठाको अभावसंगै भएका कोठा र भवन समेत जिर्ण भैसकेकोले रंगरोगन र मर्मत सम्भारको आवश्यकता औंल्याईएको छ ।

विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदी, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, स्थानीय कर्ण बहादुर मल्ल लगायतले पनि विद्यालयको भौतिक पुर्वाधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
करिब २ हजार ३०० विद्यार्थि रहेको यस विद्यालयमा ५५ जना शिक्षक र कर्मचारी छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य भगवति शाह, हरित अभियन्ता तथा कपास विकास समितिका अध्यक्ष हेमन्त काफ्ले, यज्ञ बहादुर बस्नेत, धन बहादुर चन्द र अमिर अहमद लगायत शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया