एमालेले बाँकेका पाँच पालिकाको उम्मेदवार टुंग्यायो

यतिवेला राजनीतिक दलहरुलाई उम्मेदवारको टुंगो लगाउन सकस भइरहेको छ । एउटै पदका लागि आकांक्षिहरु धेरै भएपछि सकस भएको हो । नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ ।
नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार बनाइएको छ ।

कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी छ । यी पालिकामा धेरै जनाले इच्छा देखाएकाले मिलेर आउन आग्रह गरिएको छ । ६ गतेसम्म मिलेर नआए प्रदेश कमिटीमा सबैको नाम पठाउने तयारी भएको छ ।
०७४ सालको चुनावमा एमालेले आठ वटामध्ये चार वटा पालिका जितेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटा वडामध्ये सात वटा वडामा सर्वसम्मत भएको छ । अरूमा धेरैको नाम आएकाले छलफलका क्रममा रहेको जिल्ला सचिव रत्न खत्रीले जानकारी दिए ।

प्रतिक्रिया