टिकुलीपुरका आगलागी पीडितलाई राहत जुट्दै

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका आगलागी पीडितलाई राहत जुट्न थालेको छ । राप्ती सोनारी २ का वडा सदस्य ज्ञानेन्द्र ओलीको नेतृत्वमा गएको टोलिले शनिवार राहत वितरण गरेको छ । पीडित परिवारलाई २५ किलो चामल, पाँच किलो आलु, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल लगायत सामाग्री वितरण गरीएको ओलीले बताए ।

यस्तै सम्शेरगन्जका ब्यवसायी तेजेन्द्र केसीले पनि अग्नी पीडितलाई चामल, दाल, नुन, तेल लगायत सामाग्री वितरण गरेको जानकारी दिए । पिडितका लागि स्थानीय युवाद्धारा सहयोग जुट्न थालेको छ ।

गाँउपालिकाले शुक्रबार साँझ नै राहत वितरण गरेको थियो । यसका साथै घर निर्माणका लागि १ लाख बराबरको घर निर्माण सामाग्री र ५० हजार रुपैयाँ नगद दिने घोषणा गरीसकेको छ । टिकुलीपुरमा शुक्रबार दिउँसो ३ बजेतिर सुरु भएको आगलागीबाट ११ घर र ४ वटा गोठ जलेका थिए ।

प्रतिक्रिया