
कान्छा थारु राप्तिसोनारी गाँउपालिका वडा नं ४ को वडाध्यक्ष पदका आकांक्षि हुन् । वडाध्यक्ष पदका लागि धेरै जना आकांक्षि रहेकोमा उनी नेपाली कांग्रेसबाट सबैभन्दा बलिया आकांक्षि मानीएका छन् ।
उनी नेपाली कांग्रेसका राप्तिसोनारी गाँउपालिका वडा नं ४ को इकाई सभापति हुन् । २०५४ सालदेखी राजनीतिको सुरुवात गरेका उनी वडाबासीमाझ लोकप्रिय छन् । उनको काम गर्ने शैलीले स्थानीयको मन जितेको छ । उनले साविकको बैजापुर गाविसको कंग्रेसको सभापति भएर काम गरीसकेका छन् ।
एसएलसीपछि सामाजीक क्षेत्रमा प्रवेश गरेका उनी काम देखाउदै राजनीतिमा प्रवेश गरेका हुन् । सामाजीक कार्य र राजनीतिमा धेरै सक्रिय भएका उनी अहिलेसम्म कुनैपनि विवादमा नपरेका नेता हुन् । ४ नम्बर वडाको वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट उनले टिकट पाउने सम्भावना अन्यभन्दा प्रबल देखीएको छ ।