नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखी २८ सम्म प्रतियोगिता गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरीने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले निर्देशन समेत दिनुभएको छ ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण दुई वार्षदेखी संचालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा संचालन हुने भएको हो ।

प्रतिक्रिया