
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभियानलाई तिव्रता दिएको छ । गाउँपालिकाले व्यक्तिगत घटना दर्ता राष्ट्रिय अभियान भएकाले यसलाई सफल बनाउन लागि परेको जनाएको छ ।
व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने कार्यक्रम अन्तरर्गत खजुरा गाउँपालिकाले महिला स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्यकर्मि तथा कर्मचारीहरु सहतिको प्रभातफेरी तथा अन्तरक्रिया गरेको हो । प्रभातफेरी पछि भएको अन्तरक्रियामा बोल्दै सहभागिहरुले व्यक्तिगत घटना दर्ता समयमै गर्न आवश्यक रहेको भन्दै यसलाई गम्भिरताका साथ लिन पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा खजुरा गाउँपालिकाका निमित्त अध्यक्ष एकमाया विकले व्यक्तिगत घटना दर्ता नभइनहुने आवश्यक कुरा भएकाले यसलाई पहिलो प्राथमिकतामा राख्न पर्नेमा जोड दिए । कार्यक्रममा खजुरा गाउँपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रदिप सुनारले हरेक घरमा व्यक्तिगत घटना दर्ताको खबर पुगाउन जरुरी रहेको बताउनुभयो ।
खजुराले व्यक्तिगत घटना दर्ताको लागि विभिन्न विद्यालयमा सचेतना फैलाउने, रेडियोमा जिङगल प्रशारण गर्ने, हरेक वडामा माइकको माध्यम बाट प्रसार प्रचार गर्ने, स्वंयम सेविका मार्फत हरेक घरमा खबर पुगाउने काम समेत गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुनारले जानकारी दिनुभयो ।
