लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी छलफल कार्यक्रम

स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी छलफल कार्यक्रम गरिएको छ । खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एक माया विकको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विभेद अन्त्यका लागि सबैले प्रभाबकारी भूमिका निभाउनु पर्नेमा जोड दिएका थिए ।

स्वास्थ्यको लागि सक्षम प्रणालीका रामहरी अधिकारीले छलफलको सहजीकरण गर्नुभएको थियो । खजुरा गाउँपालिकाका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारले विभेदको अन्त्य हुँदै गएको बताउनु भयो । विभेद अन्त्य हुन जरुरी रहेको बताउँदै सुनारले सकारात्मक सोचाई सबैले लिन पर्ने जनाउनु भयो ।

गाउँ पालिकाका कार्यवाहक अध्यक्ष विकले जातीय विभेद अझै कायम रहेको बताउनुभयो । जब सम्म जातीय विभेद रहिरहन्छ परिवर्तन सम्भव नभएको उल्लेख गर्नुभयो। आरक्षण दलितहरुका लागि अझै थप गर्न आवस्यक रहेको बताउनु भयो । थिचो मिचो अझै सम्म रहेकाले यसको अन्त्य हुन आवस्यक रहेको बताउनु भयो ।

लैगिङ्क समानता र सामाजिक समावेशीकरणको सवालमा प्रतिबद्ध रहने गरी प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा रेडक्रस बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, कार्यपालिका सदस्य, कृषि शाखा प्रमुख पुनम पोखरेल, सूचना प्रविधि शाखाका प्रमुख सुरेश साहु, इन्जिनियर सोनु शाह, स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थती रहेको थियो ।

प्रतिक्रिया