खजुराका १०६५ जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँच र उपचार

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले १०६५ जना  जेष्ठ नागरिकका लागि निःशुल्क  स्वास्थ्य चेक जाँच तथा उपचार गरिएको छ । गाउँ पालिकाले   निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

जेष्ठ नागरिकहरुलाई हरेक वर्ष वडामा पुगेरै शिविर सञ्चालन गर्ने गरेको पालिकाले  यस पनि सेवा प्रदान गरेको हो । 

जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको खजुराले  ५८४ महिला र ४८१ पुरुष जेष्ठ नागरिकहरुलाई शिविर मार्फत सेवा दिइएको  स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

बरिष्ठ डा प्रकाश नाग, डा. पारस श्रेष्ठ, डा. शंकर केसी, डा. समीक्षा चन्द र डा. इरफान सेख सहितको टोलीले सेवा दिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।
शिविरमा आउने प्रायलाई प्रेसर र सुगरको समस्या देखिएको थियो ।  ७० प्रतिशत लाई प्रेसर र सुगर, १०। प्रतिशतलाई बाथ र जोर्नी, निन्द्रा नपर्ने खाना नरुच्ने, शरीर चिलाउने लगायतका समस्या देखिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया