बाँके एम.टि.बि रेस-२०२५ हुदै

बाँके : बाँके जिल्लामा साइक्लिङ खेलको विकास गर्ने उद्देश्यले यसपटक बाट जिल्लास्तरीय “बाँके एम.टि.बि रेस-२०२५” नाम दिएर आयोजना गर्न लागिएको हो, जसको आयोजना नेपालगन्ज बाईसाइकलले गर्दैछ भने सह- आयोजक टिम डी-एड्ज़ रहेको छ । जसको मुख्य प्रायोजन डुडुवा गाउँ पालिकाले गरेको छ ।

२०८१ फागुन २४ गते शनिवारका दिन बिहानको ११ बजेबाट सुरु हुनेछ, यो खेल डुडुवा गाउँ पालिका वार्ड नं ५ स्थित बाबुकुवा सामुदायिक वनको सिद्धिविनायक एम.टि.बि रेस ट्र्याकमा खेलाईने छ जसको लम्बाई ५ किलोमीटर रहेको छ ।

विभिन्न ५ विधामा यो खेल गराइने छ । जूनियर ब्वाइज, इलिट मेल, इलिट फिमेल, मास्टर मेल र भेटेरान मेल रहेका छन् सबै विधा गरेर लगभग ५० जना खेलाडीले प्रस्तिस्प्रधा गर्ने छन् । यो खेल माउन्टेन् बाईसाइकलिङको क्रस कन्ट्री फर्मेटमा खेलाईने छ । ५ किलोमीटरको रेस ट्र्याकमा क्याटोगोरी अनुसार २ देखि ४ ल्याप निर्धारण गरिएको छ ।

खेल सम्पन्न गर्न नेपाल आर्मीका श्री नं ४ बाहिनी अड्डा, बाँके जिल्ला साइक्लिङ संघ, नेपालगन्ज साइक्लिङ क्लव, धारा नेपालगन्ज म्याराथन, नेपालगन्ज उप महानगर पालिका, खजुरा गाउँ पालिका, कोहलपुर नगर पालिका, नेक्सस इनर्जी, ईभी नेपालले सहकार्य गरेको छ भने विभिन्न व्यापारिक प्रतिष्ठान र साइकल प्रेमी महानुभावले पनि सहयोग गर्नु भएको छ ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o