२२ औं स्थापना दिवसको अवसरमा २२ जनालाई सम्मान

संजय आचार्य: बर्दियामा सोमबार सुनौलो महिला विकास बहुउद्धेशिय सहकारी संस्था लिमिटेड गुलरियाले २२ जना जेष्ठ नागरिक आमाहरुलाई सम्मान गरेको छ ।

संस्थाको २२ औं स्थापना दिवसको अवसर पारी आफनो कार्यक्षेत्र भित्रका विभिन्न वडा बाट छनौट गरि २२ जना जेष्ठ नागरिक आमाहरुलाई सम्मान गरेकोे सुनौलो महिला विकास बहुउद्धेशिय सहकारी संस्था लिमिटेड अध्यक्ष इन्दिरा सुवेदीले बताउनु भयो ।जेष्ठ नागरिकहरुलाई दोसल्ला, हर्लिक्स तथा नगद प्रदान गरि संस्थाले सम्मान गरेकोे सुबेदीले बताउनु भयो ।

गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमका प्रमुख आतिथ्यतामा भएको स्थापना दिवसको सम्मान कार्यक्रममा सहकारीमा आवद्द शेयर सदस्यहरुको उपस्थिती रहेका थियो । स्थापना दिवसको अवसरमा शुभकामना दिंदै उपप्रमुख सावित्रा गौतमले सुनौलो महिला सहकारीले जेष्ठ नागरिकलाई सम्मान गरि उदाहरर्णिय कार्य गरेको बताउनु भयो ।

शुभकामना मन्तब्य दिंदै नगरपालिकाका बरिष्ठ शाख अधिकृत मुकुन्द आर्यलले पछिल्लो समय कतिपय सहकारीहरुको नाकारात्मक दृष्ठिकोणलाई समेत सुनौलो महिलाले गरेको प्रगति तथा क्रियाकलापले चिरफार गरेको बताउनु भयो ।

सहकारीका अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा सुनौलो महिला २२ वर्षमा प्रवेश गर्नु सवैको लागी सुखद भएको सुबेदीले बताउनु भयो विभिन्न ओरोह अवरोहहरु पार गर्दै महिलाको आर्थिक उपार्जन तथा अधिकारको रक्षाको क्षेत्रमा कार्यगर्न सफल भएको बताउदै सुनौलो महिला सहकारीले विभिन्न गाँउका महिलाहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा जोड्दै आफनै महिलाहरुको सक्रियतामा अर्गानिक बेसार समेत उत्पादन गरि विक्रीका लागी तयार गरेको अध्यक्ष सुवेदीले जानकारी गराउनु भयो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठा शाखा अधिकृत मुकुन्द अर्याल, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, नागरिक समाज संजाल बर्दियाकी अध्यक्ष हिमा सुनार लगायतले २२ औं स्थापना दिवसको अवसरमा संस्थाको प्रगतीको शुभकामना दिनु भयो ।

प्रतिक्रिया