१० औं डाँफेकपमा १ लाख ८१ हजार बचत, अर्को वर्ष ‘खजुरा गोल्ड कप’

खजुरा : बाँकेको खजुरा गाउँपालिका –४ डि गाउँमा रहेको न्यू डाँफे स्पोटर््स क्लवले खेलकुद प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरेको छ । शनिबार एक भेलाको आयोजना गर्दै न्यू डाँफेले १० औं डाँफेकपको आम्दानी खर्च सार्वजनिक गरेको हो । न्यू डाँफे स्पोटर््स क्लबले स्वर्गिय गज बहादुर सिजाली स्मृती १० औं डाँफेकप नक आउट फुटबल प्रतियोगिताको कुल आम्दानी ११ लाख ६६९ भएको र प्रतियोगितामा ९ लाख १८ हजार ७५५ खर्च भएको खेल संयोजक तिलकविर सुनारले जानकारी दिए ।

खेल प्रतियोगिता सम्पन्न सगैं क्लबले १ लाख ८१ हजार ९१४ रुपैया बचत गरेको न्यू डाँफे स्पोटर््स क्लवका अध्यक्ष हरि प्रकाश विकले जानकारी दिए । बाँके जिल्लामा क्लब स्तरिय फुटबल प्रतियोगितामा सबैभन्दा ठुलो धनराशिको पुरस्कार सहित न्यू डाँफेले हरेक वर्षजसो प्रतियोगिता गर्दै आइरहेको छ । विगत दुई वर्षदेखी १ लाख ५५ हजार ५५५ राशि सहित फुटबल खेल सन्चालन गरिरहेको प्रचार प्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

१० औं डाँफेकप पछि क्लबले ‘खजुरा गोल्ड कप’को तयारी गर्नुपर्ने पुर्व खेलाडीहरुले सुझाव दिए । १० औं संस्करण पछि खजुराले ‘गोल्ड कप’ संचालनका लागी आवश्यक मापदण्ड समेत पुरा गरिसकेको पुर्व राष्ट्रिय खेलाडी सुरेश थापाले बताए । क्लबका सचिव बलाराम खत्रिका अनुसार छिटै नयाँ कार्यसमिति समेत चयन गरिने निर्णय शनिबार गरिएको बताए ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o