हिंसा सहनु पनि एक किसिमको हिंसा नै हो´ – उपाध्यक्ष अधिकारी

जमुनी, बर्दिया : बढैयाताल गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारिले हिंसा सहेर बस्नु पनि एक किसिमको हिंसा भएको बताउनु भएको छ । लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष अधिकारिले हिंसा सहनु थप हिंसा बढाउन सहयोग पुगाउनु हो भन्दै कसैले पनि हिंसा विरुद्ध डटेर सामना गर्न पर्नेमा जोड दिनुभयो । उपाध्यक्ष अधिकारिले सबै तह तप्काबाट हिंसा न्यूनिकरणका लागि लाग्न पर्नेमा जोड दिनुभयो । उहाँले हिंसाका सम्बन्धमा बनेका कानुनहरुका बारेमा समेत चर्चा गर्नुभयो ।

बढैया ताल गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदिले सबैखाले हिंसा अन्त्य हुन जरुरी रहेको बताउनुभयो । लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरेपनी वास्तविक अभियान आज देखि सुरु भएको प्रमुख प्रशासकीय अधिकृत सुबेदिले बताउनु भयो । मंसिर ९ गतेदेखि शुरु भएको १६ दिने अभियानको समापन आज गरिएको हो । वडा नम्बर १ बाट शुरु गरिएको अभियान आइतबार वडा नम्बर ३ मा समापन गरिएको हो । कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष लल्लन अहिरको अध्यक्षतामा सम्पन्न भयको थियो ।

प्रतिक्रिया