सुनिता सुनारको नेतृत्वमा दलित अगुवा महिला अभियान्ता संजाल गठन

बर्दिया : समाज विकासको अवरोध , जातिय तथा लैंगिक विवेद भन्ने मुल नाराका साथ दलित महिला अगुवा अभियन्ताहरुको जिल्ला स्तरिय संजाल पुर्न गठन तथा अभिमुखिकरण कार्यक्रम वर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

दलित महिला संघ बर्दिया जिल्लाका अगुवा दलित महिलाको उपस्थितिमा सुनिता सुनारको नेतृत्वमा २५ सदस्यीय दलित अगुवा महिला अभियान्ताको जिल्ला स्तरीय संजाल गठन गरिएको हो । गठित संजालको काम कर्तव्यका बारेमा दलित महिला संघकी सस्थापक अध्यक्ष दुर्गा सोब र अध्यक्ष कला स्वर्णकारले अभिमुखिकरन गरेका थिए ।

दलित महिला संघको आयोजाना सम्पन्न कार्यक्रममा बर्दियाका दलित महिला अगुवा अभियन्ताहरु संग समसायिक विषयमा छलफल भएको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताइन । विगत लामो समय देखी दलित महिला संघले दलित तथा पिछिडिएका बर्गका बारेमा आवाज उठाउदै आएको छ ।

प्रतिक्रिया