शिक्षकहरूलाई चार दिने तालिम सम्पन्न 

संजय आचार्य, बर्दिया :   वर्दियाका ९ विद्यालयका २१ जना  शिक्षकलाई चार दिने स्थानीय शैक्षिक सामग्री निर्माण तथा त्यसको उचित प्रयोग  सम्बन्धि तालिम दिइएको छ ।  

माघ २८ गते देखी फाल्गुण २ गते सम्म प्लान ईन्टरनेशनल नेपाल र बाके युनेस्को क्लवकाे साझेदारीमा संचालित शसक्त बालिका परियोजना अन्तरगत मधुवन गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका ९ वटा बिधालयका २१ जना बाल बिकासका शिक्षकहरूलाई चार दिने स्थानीय शैक्षिक सामग्री निर्माण तथा तेस्को उचित प्रयोग सम्बन्धि तालिम सम्पन्न भएकाे हो ।  

बालबालिकाकाे सिकाईमा सहज, बालमैत्री कक्षाकाेठाकाे व्यवस्थापन, विभिन्न खेलाैनाका सामाग्री बनाउने, कक्षाकाेठामा पढाइ सम्बन्धि सन्दर्भ सामाग्री र रमाइलो वातावरणमा बालबालिकालाई सिक्ने र बृद्वी विकासमा सहयाेग पुराउने उदेश्यका साथ संचालन गरीएकाे शसक्त बालिका परियाेजना कार्यक्रम संयाेजक गाेबिन्द प्रसाद लामिछानेले बताउनु भयाे ।  

तालिमको समापन सत्रमा बोल्दै मधुबन नगरपालिका का उप प्रमुख अनिता चौधरीले गुणस्तरीय शिक्षाका लागि प्रारम्भिक बाल बिकासमा लगानीमा गर्न्नु पर्नेमा जोड दिनु भयको थियो ।  बाल बिकास लाई सिकाइ मैत्री तथा बाल मैत्री बनाउनेतर्फ स्थानीय सरकार विशेष ध्यान दिनुपर्ने कुरा सहभागी हरुले बतायका थिए ।

तालिमको सहजिकरण सेताे गुराँस संस्थाका झल कुमारी कार्कीले गर्नु भयको थियो भने कार्यक्रमकाे व्यवस्थापन,सन्चालन कार्यक्रम अधिकृत ईश्वर बि क ले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया