लैङ्गिक हिंसाबारे धार्मिक तथा सामाजिक अगुवासंग अन्तरक्रिया

नेपालगन्ज : बाँकेको खजुरामा लैङ्गिक हिंसा सम्बन्धि धार्मिक तथा सामाजिक अगुवासंग अन्तरक्रिया गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित धार्मिक तथा सामाजिक अगुवाहरुको भुमिका विषयक अन्तरक्रियामा बोल्ने अधिकांशले विभेदजन्य अपराधलाई न्युनिकरण गर्न जरुरी रहेको बताएका थिए ।

जन जागरण समाज खजुराको आयोजना, अन्तरधार्मिक शान्ति महासंघ नेपाल र रुम टु रिडको सहयोग तथा खजुरा गाउँपालिकाको समन्वयमा भएको अन्तरक्रियामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले लैङ्गिक हिंसा न्यििनकरणमा सबैको सहयोग रहनुपर्नेमा जोड दिए । अध्यक्ष विकले धार्मिक गुरुहरुले लैङ्गिक हिंसा न्युनिकरणमा भुमिका खेल्न सक्ने भएकाले विषेश ध्यान दिन आग्रह गरे । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले स्थानिय स्तरबाटै लैङ्गिक हिंसा सम्बन्धि सचेतना जगाउन आवश्यक रहेको उल्लेख गरिन । उपाध्यक्ष मल्लले विद्यालय स्तरबाटै अभियानरुपी चेतना जगाउन सकिने हुदाँ पालिकाले पनि यसतर्फ विषेश ध्यान दिएको बताइन । सहभागिहरुले लैङ्गिक हिंसा न्यनिकरण गर्न स्थानिय सरकारले ठोस योजना बनाउन आवश्यक रहेको भन्दै अध्यक्ष उपाध्यक्षको ध्यानाकार्षण गराएका थिए ।

पछिल्ला दिनमा प्रविधिको दुरुपयोगले पनि लैङ्गिक हिंसालाई बढवा दिइरहेको भान हुन्छ एक सहभागिले बताए । प्रविधिलाई सहि सदुपयोग गरे हिंसा न्युनिकरण छिटो हुने उनिहरुले बताएका थिए । खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शुसिला न्यौपानेले लिङ्गको आधारमा हुने हिंसालाई कुनैपनि बाहानामा क्षमा दिन नमिल्ने भन्दै यसको कानुन कार्यान्वयन तर्फ लैजानुपर्नेमा जोड दिइन । जन जागरण समाजका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले लैङ्गिक हिंसा विरुद्ध सबैको प्रतिवद्धता आवश्यक रहेको उल्लेख गरे । अन्तिरक्रिया अन्तरधार्मिक शान्ति सन्जालका सदस्य मेस बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया