रेडक्रस खजुराद्धारा क्यालेन्डर विमोचन

खजुरा : बाँकेको खजुरा रेडक्रस सोसाइटिले बार्षिक क्यालेन्डर विमोचन गरेको छ । विहिबार एक समारोहको आयोजना गर्दै नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाले आफ्नो बार्षिक क्यालेन्डर विमोचन गरेको हो ।

खजुरा रेडक्रसका सभापति जिवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आउँदै गरेको नयाँ वर्ष २०८२ का अवसरमा सुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले नयाँ वर्षमा नयाँ र उपब्धीमुलक काम गर्न प्रेरणा मिलोस भन्दै शुभकामना दिए ।

क्यालेन्टर विमोचन कार्यक्रममा बोल्दै सभापति जिवनाथ सापकोटाले दुई दिन सम्म परेको हावाहुरी, चट्याङ्ग र पानिले पारेको नोक्सान प्रति आफुहरु चिन्तित बनेको भन्दै विपदको घडिमा सबैले सहयोगि भुमिका निभाइदिन अनुरोध गरे । खुजरा युवा रेडक्रस सर्कलका सभापति खगेन्द्र दाहालले नयाँ वर्षमा गरिने कार्यहरुको सुचि बनाएर एकसाथ लाग्न आवश्यक रहेको बताए । युवा सर्कलका सभापति दाहालले विपदका बेला सबैसंग सहकार्य गरि राहत र उद्धारका कार्यमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा खजुरा रेडक्रसका पदाधिकारी, सल्लाहकार, विशिष्ट सदस्य, युवा सर्कलका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o