‘रिद्धिसिद्धि खजुरा तिज आइडल’को अडिसन सकियो

नेपालगन्ज : ‘रिद्धिसिद्धि खजुरा तिज आइडल’को खजुरा अडिसन सकिएको छ । बाँकेको खजुरा गाउँपालिका १ मा रहेको राधापुर सामुदायिक सिकाई केन्द्रले तिजको अवसरमा आयोजना गरेको तिज आइडलको नेपालगन्ज अडिसन पछि खजुरामा आज अडिसन गरेको हो । हरितालिका तिज पर्वलाई मध्यनजर गर्दै आयोजना गरिएको ‘रिद्धिसिद्धि खजुरा तिज आइडल’को खजुराको अडिसनमा ३६ जना प्रतियोगिले सहभागिता जनाएका थिए । जसमा २० जना अघिल्लो मेघा राउण्डका लागि छनोट भएका छन । यस अघि गत शनिबार नेपालगन्जमा भएको अडिसनमा ३ जना र डिजिटल अडिसनबाट २ जना छनोट भएको निर्णायक केबी शाहिले जानकारी दिए ।

खजुरामा छनोट हुनेहरुमा प्रेमिका पुनमगर, अनुजा बिक, मनिषा खनाल, रोशनी सुनार, अन्जली आलेमगर, शिखा रानामगर, मानवी आलेमगर, टीका सुनार, प्रेरणा गुरुङ्ग, दिया सुनार, आकृति रानामगर, जेनिसा आलेमगर, कुसुम पुनमगर, सुमिना थापा, दुर्गा रानामगर, दिक्षा मगर, सुमित्रा रानामगर, स्वस्तिका काफ्ले, झरना सुनार र आकृती शर्मा रहेका छन । खजुरामा शनिबार भएको अडिसनमा शैक्षिक संघ संस्था, क्लब, समूह र ईच्छुक व्यक्ति बिशेषले सहभागिता जनाएको राधापुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए ।

अडिसन पछि मेघा राउण्ड र अन्त्यमा फाइनल खजुरामै गरिने कार्यक्रमका संयोजक तथा सिकाई केन्द्रका अध्यक्ष गुरुङले बताए । मेघा राउण्मा २५ प्रतियोगिले भाग लिनेछन । प्रतियोगितामा विजेता हुनेहरुले सुनका गहनाका साथै अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । अडिसन राउण्डमा न्युत्य निर्देशक केबी शाहि र मिलन गुरुङ्गले निर्णायकको भुमिका निर्वाह गरेका थिए । मेघा राउण्ड भाद्र महिनाको १ गते शनिबार खजुराको मिनिपार्कमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया