
खगेन्द्र दाहाल, नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउन किसानमैत्रि कार्यक्रम संचालन गरेको छ । कृषिमा अन्य पालिका भन्दा राम्रै बजेट छुट्याएको राप्ती सोनारीले काम गर्न सक्ने किसानका लागि उपयुक्त कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।
अधिकांश जनता कृषिमा आश्रीत रहेकोले पनि पालिकाले विषेश जोड कृषि विकासको लागि दिएको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए । राप्ती सोनारीले चालु आर्थिक वर्षका लागि १ करोड ८७ लाख र संघ मार्फत ६५ लाख कृषिकै लागि छुटुयाएर काम गरिरहेको छ । त्यसमा पनि २०७८ सालमा आएको पानि र त्यसले पुगाएको किसानको धानको क्षतिपुर्ति बापत १ करोड १६ लाख पालिकामा आएकोमा १ करोड ४ लाख किसानलाई वितरण गरिसकेको पालिकाले जनाएको छ । राप्ती सोनारीले हरेक वर्ष पकेट क्षेत्रलाई निरन्तरता दिने र क्षेत्रफल बढाउदै लैजाने निति लिएको छ । सोहि अनुरुप पुरानो एक वटालाई नियमित गर्ने र २ नयाँ सुरुवात गरेको छ । जसमा हरेक पकेट क्षेत्रमा २० हेक्टर क्षेत्रफलमा खेती भैरहेको अवस्था छ ।
कृषि उत्पादन पकेट क्षेत्रका रुपमा वडा नम्बर ७ मा संचालित छ भने वडा नम्बर २ मा मकै पकेट क्षेत्र र वठा नम्बर ७ मै नयाँ धानको पकेट क्षेत्रका रुपमा विकास गर्न कार्य अघि बढाइएको कृषि शाखा प्रमुख चन्द्रा कुमारी शाहिले जानकारी दिइन । संघिय सरकारको अनुदानमा गाउँपालिकाले ५० प्रतिशत किसानसंगको साझेदारीमा ३६० घरधुरीलाई उन्नत धानको विउ समेत वितरण गरिसकेको छ । वितरण गरिएको धानको विउ भने कतिपय किसानले राखिसकेका छन भने केहिले पानिको अभावले राख्न पाएका छैनन् । राप्ती सोनारीको कृषिमा देखिने अर्को स्थान भनेको वडा नम्बर ८ मा रहेको संसेरगन्जको तरकारी खेती हो । एकै स्थानमा ठुलो क्षेत्रफलमा तरकारी खेती हुदैं आएको छ ।
संसेरगन्जमा गाउँपालिकाले ३५ हेक्टर क्षेत्रफलमा तरकारीको ब्लक कार्यक्रम संचालन गरेको छ । त्यसको लागि १५ लाख पालिकाले किसानहरुलाई उपलव्ध गराउने छ । बसन्ते मकै उत्पादन कार्यक्रम भनेर वडा नम्बर २ मा ३५ हेक्टर क्षेत्रफलमै किसानहरु मिलेर मकैको खेती गरेका छन । बसन्ते मकै उत्पादन कार्यक्रमका लागि पालिकाले १५ लाख बजेट मकै लगाउँदा आवश्यक पर्ने कृषि औजार, मल, विउ इत्यादिका लागी छुट्याइदिएको छ । त्यस्तै वडा नम्बर ६ मा च्याउ पकेट कार्यक्रम गाउँपालिकाको कृषि शाखाले संचालन गरिरहेको छ । किसानसंगको साझेदारीमा १२ कठ्ठा क्षेत्रफलका हिसावले ५ हजार च्याउका डल्लाका दरले ६ स्थानमा ३० हजार डल्ला च्याउ उत्पादनमा लगाएको कृषि शाखाले जनाएको छ । ५० प्रतिशत च्याउको विउ ५ हजार किसानलाई वितरण गरिएकोले पनि यस पटक राप्ती सोनारीमा च्याउको उत्पादन प्रसस्त रहेको शाखाले जनाएको छ ।
तरकारी कार्यक्रमले त झनै ३५ सय किसानलाई समेटेको पालिकाले जनायो । जसमा किसानलाई हिउँदे, वर्षे सिजनका लागि विउ विजन वितरण गरिएको थियो । पुष्प खेतिमा आर्कषण बढाउन पालिकाले वडा नम्बर २ मा रहेको लक्ष्मि मावि मदुईमा उक्त कार्यक्रम संचालन गरयो । फलफुल खेतीका लागि राप्ती सोनारीले न्युन आय श्रोत भएका वर्ग, एकल महिला, दलित लगाएतलाई प्राथमिकता दिदैं कार्यक्रम संचालनको तयारी गरिसकेको छ । जसको लागि सम्झौताको काम मात्र बाँकी रहेको कृषि शाखाका प्रमुख शाहिले जनाइन । फलफुल खेतिका लागि १० लाख बजेट रहेकोमा ३ सय जना किसानलाई उक्त सेवा प्रदान गर्न सकिने शाखाले जनाएको छ ।

राप्ती सोनारी गाउँपालिकाले ठुला अनुदानका कार्यक्रम संचालन नगरेपनि साना तथा उत्पादन क्षेत्रमा लगानी गरेको प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए । पालिकाले कृषि विमाका लागि छुट्याएको दुई लाख खर्च गर्न नसक्ने अवस्थामा पुगेको कृषि शाखा प्रमुख शाहिले बताइन । राप्ती सोनारीको क्षेत्र हेर्दा राप्तीको पानी सहजै खेतसम्म पुग्छ भन्ने लागेपनि किसानको खेतमा भने विरलै पुगेको पाइन्छ । सिक्टा सिंचाईले वडा नम्बर ३ र ४ का क्षेत्रहरुलाई बाहेक अन्य वडाका क्षेत्रहरुमा पुग्न नसकिरहेको अवस्था छ । किसानले भुमिगत सिंचाईको प्रयोग गरी आफ्नो खेती गरिरहेका छन । सिक्टा भन्दा पनि भुमिगत सिंचाईको मद्धतले किसानको खेती भैरहेको छ । पालिकाले साना सिंचाई कार्यक्रम पनि संचालन गरिरहेको छ । ५० प्रतिशत किसानसंगको साझेदारीमा १५२ जना किसाहरुलाई सिंचाई सामग्री दिने तयारी रहेको गाउँपालिका अध्यक्ष पौडेलले जनाए । जसका लागि २८ लाख पालिकाले साना सिंचाई सिर्षकमा छुट्टाईसकेको छ ।
राप्ती सोनारीको मुख्य खेती अन्न बालि नै हो कृषि शाखा प्रमुख शाहिले भनिन्, ‘धान, गौ, मकै सगैं बसन्ते मकै र हिउँदे मकै नै किसानले अधिक लगाउने गरेका छन ।’ गाउँपालिकाले कृषि शाखा मार्फत किसानको विकासको लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहदाँ किसानहरुको उपलव्धी सन्तोषजनक रहेको कृषि शाखाले जनायो । किसानहरु व्यवसायिक हुर्दै गइरहेका छन । उत्पादन गरेका तरकारीहरु नजिकको बजारसम्म विक्रि गर्न आफै आउने गरेका छन । घरको खर्च किसानहरुले उत्पादन गरेको कृषि उपज बाटै हुने गरेको छ । राप्ती सोनारीका किसानले उत्पादन गरेका कृषि उपजको भण्डारणको समस्या रहिआएको छ । भण्डारणको समस्यालाई समाधान गर्न पालिकाले १ करोड १५ लाख बढिको लागतमा शित भण्डार निर्माण गरिरहेको छ । वडा नम्बर ४ मा रहेको निर्माणधिन शित भण्डार केहि महिनादेखि संचालनमा आउने गरि कार्य तिव्र गतिमा भैरहेको पालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।
अहिले लामो समयसम्म पानि नपरेर खडेरीको सामना झेल्न बाध्य किसानहरु पालिकाले राहतका कार्यक्रम संचालन गरिदियोस भन्ने चाहेका छन । मल विउमा थप किसानलाई मद्धत गर्न किसानहरुले माग गरेका छन । पालिकाले रसायनिक मल प्रयाप्त दिन नसक्ने बताउँदै प्राङ्गग्रारिक मलमा जोड दिन किसानहरुलाई आग्रह गरेको छ । प्राङ्गग्रारिक मल उत्पादनका लागि गाउँपालिकाले किसानलाई सहयोग गर्न सक्ने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष पौडेलले जनाए ।