राप्तीसोनारीको लालपुरमा महोत्सव सुरु, आज टंक र मन्जुले प्रस्तुति दिने

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ लालपुरमा रहेको पोखरामाता मन्दिर परिसरमा आज देखि ५ दिने बृहत साँस्कृतिक तथा धार्मिक महोत्सव मेला लागेको छ । पोखरामाता मन्दिर संरक्षण समितिको आयोजनामा मेला लागेको हो । आज देखि लागेको मेलाको उद्घाटन साझ ६ बजे राप्ती सोनारी गाउँपालिकाका अध्यष तप्त पौडेलले गर्ने पोखरामाता मन्दिर संरक्षण समितिका अध्यक्ष देव बहादुर खाड ठकुरीले जानकारी दिए ।

भाषा, कला, संस्कृति र भेषभुषाको संरक्षण गरौं सामाजिक सद्भाव, आपसी एकता, पर्यटन क्षेत्रको संरक्षण र सम्बद्र्धनमा टेवा पुगाऔं भन्ने मुख्य नारा सहित मेलाको सुरुवात गरिएको सम्योजक खाडले जनाए । सयौ वर्षदेखि पोखरामाता मन्दिर परिसरमा परम्परागत मेला लाग्दै आएकोमा केहि थप व्यवस्थित गर्दै मेलालाई महोत्सवका रुपमा परिणत गरि संचालन गर्नेगरिएको आयोजकले जनाएको छ । परम्परागत स्टलहरु सहित मेलामा सास्कृतिक कार्यक्रमको मजा लिन सकिने छ । महोत्सवमा कुनै टिकट शुल्क नराखेकाले पनि दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकले जनायो ।

भारतका कलाकार सहित नेपालका राष्टिय कलाकारहरुको प्रस्तुती रहने हुदाँ महोत्सव अवधिभर एक लाख बढिले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । पहिलो दिन आज चर्चित गायक टंक तिमिल्सीना, चर्चित मोडल अन्जु कुस्मीको प्रस्तुती रहने महोत्सवका सम्योजक खाडले जनाएका छन ।

प्रतिक्रिया