‘यो हो अमेरिका’ पुस्तक विमोचन

संजय आचार्य,बर्दिया : बर्दियाको गणेशपुरमा एक कार्यक्रम का बिच भेरी साहित्य समाज बर्दिया शाखाद्धारा प्रकाशित गरिएको “यो हो अमेरिका” पुस्तक शनिवार विमोचन गरिएको छ।

‘विष्णु प्रसाद मरासिनीको अध्यक्षतामा भएको यो हो अमेरिका नामक कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले विमोचन गर्नु भएको हो गुलरिया नगरपालिका वडा न.११ गणेशपुरका राजनीति र दर्शनशास्त्रको अध्येता आयोध्या प्रसाद श्रीवास्तवको तेस्रो कृति यो हो अमेरिका विमोचन भएको छ । लेखक आयोध्य प्रसाद श्रीवास्तव लामो समय अमेरिका को बसाइमा जे देख्नु भयो, जे भोग्नु भयो, र आफ्नो जीवनका अनुभव, भोगाई सम्पुर्ण बिषयहरु समेटेर लेखिएको कृति सनिवार विमोचन हुँदा उहाँले सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिनु भएको छ ।

विनोचन कार्यक्रम मा बोल्दै यो हो अमेरिका नामक कृति हामी सबैको लागि एउटा ज्ञानवर्दक र अत्यन्तै उपयोग रहने भेरी साहित्य समाजका केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले बताउनु भयो । लामो समय देखी बबई क्यान्यसमा राजनिती शास्त्र को अध्यापन गर्नु भएका आयोध्य प्रसाद श्रीवास्तवले शिक्षा एम.ए,/एलएलबि गर्नु भएको छ भने वहाँ हाल ७० बर्षको हुनुहुन्छ । वहाँले २०६९ सालमा शीलवती उपन्यास, २०७२ सालमा भगवान कस्ता छन् र कहाँ छन पुस्तक लेख्नु भएको छ।

यो हो अमेरिका श्रीवास्तपको तेम्रो प्रकाशन हो । भेरी साहित्य समाजका सचिव प्रभात सुवेदी ले सञ्चालन गर्नु भएको कार्यक्रममा श्रीवास्तपका परिवार सहित भेरी साहित्य समाज केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिना, भेरी साहित्य समाज बर्दियाका अध्यक्ष विष्णु प्रसाद मरासिनी, , नेपाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष यादव प्रसाद आर्चाय, संचारकर्मी का साथै समाजसेवी बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया