माइती नेपालको ३१ औं वार्षिक उत्सवमा सचेतना र्याली

संजय आचार्य, चैत्र : मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्य गर्दै आइरहेको माइती नेपालले आफनो ३१ औं वार्षिक उत्सव मनाएको छ । चेलिबेटीहरुको मानवबेचविखन रोकथाम सम्बन्धि सेचतना, उद्धार, परामर्श लगायतको कार्य गरि रहेको माइती नेपालले विहिबार गुलरियामा सचेतना मुलक ऱ्याली निकालेको छ ।

हाम्रो आवाज चेलिबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुल नारा सहित माइती नेपाल बर्दियाले जिप्रका चोक देखी सिमावर्ति सुरजपुर प्रहरी चौकी सम्म ऱ्याली कार्यक्रम गरेको हो । ऱ्याली पश्चात कोणसभा कार्यक्रममा बोल्दै माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले नेपालमा मानव बेचविखनको अवस्था डरलाग्दो रहेको बताउनु भयो । सचेतना कार्यक्रमहरुमा बृद्धि गरेको भएपनि रोक्नलाई चुनौती देखिएको बताउनु भयो ।

बर्दिया जिल्ला पनि मानवबेचविखनको दृष्टिकोणले संवेदनशिल जिल्लाको रुपमा मानिएको छ । गत वर्षको चैत्र देखी चालु आ.व. को चैत्र मसान्त सम्ममा बर्दिया जिल्लाको विभिन्न सिमानाका बाट ३ सय ९१ जनालाई उद्धार गरिएको रिमालले जानकारी दिनु भयो । माइती नेपाल बर्दियाका अनुसार मानव बेचविखन सम्बन्धि १, जबरजस्ति करणी ३० ओटा मुद्धा आएको छ भने खोजतलासका निम्ती १ सय ३ र घरेलु हिंसाका घटनामा १ सय ९० जना परेको संयोजक रिमालले जानकारी दिनु भयो ।

माइती नेपालको ३१ औं वार्षिक उत्सवमा गरिएको प्याली कार्यक्रम बोल्दै महिला नेत्री कमला घिमिरेले मानव लागी एक दिन मात्र नभई हरेक दिन सबै जना लाग्नु पर्ने बताउनु भयो । कुनै दिवश विशेषमात्र नभई, हरेक समुदाय, विद्यालय प्रहरी जनप्रतिनिधी लगायत सबै क्षेत्रबाट जघन्य अपराध नियन्त्रणका प्रयास हुन आवश्यक रहेको उहाँको जोड थियो । ऱ्याली कार्यक्रममा माइती नेपालमा आवद्ध व्यक्ति, सुरक्षाकर्मि, जनप्रतिनिधी, समाजसेवी, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया