मनका कुरा गरौंला नि यसो मिलाएर : डेढ महिना पछि चर्चा

मनका कुरा गरौंला नि यसो मिलाएर

भोलि दिउँसो भेटन आउ है मेसो मिलाएर

टिकटक चलाउँदै आउनुभएको छ भने उक्त अंश पक्कै सुन्नुभएको होला । केही दिनयता टिकटकमा चर्चामा छ उक्त अंश । यो ‘मेसो मिलाएर’ गीतको अंश हो ।

निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको यो गीत सार्वजनिक भएको भने डेढ महिना भइसकेको छ ।

यद्यपि, त्यतिबेला खास्सै चर्चामा नआएको यो गीत टिकटकका कारण केही दिनयता चर्चामा आएको हो । गीतको युट्युब भ्युजको अनुपात पनि केही दिनयता बढिरहेको छ । थुप्रै दर्शकहरुले आफूले टिकटकमा गीत सुनेर युट्युबमा आएको कमेन्ट गरेका छन् ।

दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय छ ।

प्रतिक्रिया