
प्रदिप राजवंशि, नेपालगन्ज : बाँकेमा भोली देखि बालबालिकाहरुलाई खुवाइने भनिएको भिटामिन ‘ए’ क्याप्सुलमा समस्या देखिएको छ । स्वास्थ्य कार्यालयले सेवन गराइने भनिएको भिटामिन ‘ए’ क्याप्सुलमा केहि दाग जस्तो देखिएकाले तत्काललाई खुवाउन रोक लगाइएको जनाएको छ ।
स्वास्थ्य कार्यलय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलका अनुसार आज खोप केन्द्रमा खोप पठाइसकेपनि समयमै खुवाउन रोक लगाइएको परिपत्र पठाइसकेको जनाएकी छन । खोपको म्याद पनि यहि महिना सम्म मात्र रहेकाले म्याद नघेको पनि हुन सक्ने अनुमान लगाइन थालिएको छ । खुवाउने समय अन्यतिर भएकाले खोपको गुणस्तरियता कमजोर भएर रङ्ग बदलिएको अनुमान स्वयम स्वास्थकर्मिहरु बताउँछन ।
तत्कालका लागि खोप खुवाउन नमिल्ने भएपछि बाँकेमा रोक लगाइएको हो । भिटामिन ‘ए’ क्याप्सुलमा दुई थरी रङ्ग मिसिएको देखिएको स्वास्थ्यकर्मिहरुले थाह पाएपछि स्वास्थ्य कार्यालयमा जानकारी गराएका थिए । पछि प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लालाई अहिले तत्कालका लागि उक्त भिटामिन ‘ए’ क्याप्सुल नखुवाउन परिपत्र गरिसकेपछि गाउँपालिकाका स्वास्थ्य शाखा तथा खोप केन्द्रहरुमा जानकारी पठाइसकेको स्वास्थ्य कार्यालय बाँकेका नि.प्रमुख पौडेलले जनाइन ।
रोक लगाइएको खोपको पुन : कहिले खुवाउने भन्ने टुंगो भने लागेको छैन ।