
नेपालगन्ज – बाँकेको राप्तिसोनारी गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बैजापुर धामपुर र अस्थाई ट्राफिक पोष्ट फत्तेपुरको संयुक्त टोलिले बाइक चेकजाँच गर्दा १ ग्राम भन्दा बढी अवैध लागूऔषध ब्राउनसुगर सहित राप्तिसोनारी गाउँपालिका वडा नं. ३ र ५ का दुई जना युवा पक्राउ परेका हुन ।
गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मी प्रसाद आचार्यले बताएका हुन् । आइतबार दिउँसो उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी हवल्दार टेकेन्द्र सिंह ठकुरीले जानकारी दिए । घटनाका सम्बन्धमा इलाका प्रहरी धामपुरले थप अनुसन्धान गरिरहेको छ ।
पछिल्ला दिनमा राप्ती सोनारीका विभिन्न स्थानहरुमा लागुऔषधको कारोबार र सेवन हुने गरेको स्थानियले बताउँछन । लागु औषधका कारण कयौं युवाहरु दलदलमा फसेको एक स्थानिय बताउँछन ।