
संजय आचार्य
जेष्ठ, ३०,बर्दिया ।
वालश्रम निवारणका लागि स्थानीय तहको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा भएको अन्तरक्रियामा बालश्रम अन्त्य गर्ने सवालमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने सहभागिको जोड थियो । कार्यक्रममा बोल्दै बालश्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव अम्बिका प्रसाद अधिकारीले सरकारी स्तरबाट बालश्रम शोषणविरुद्ध भइरहेका प्रयास र बाल अधिकारका विषयका कानुनी प्रावधान हरूका बारे जानकारी गराउनु भएको थियो ।
पछिल्लो अवस्थामा बालश्रमको संख्यामा कमी आएको बताउदै बालश्रम अन्त्य गर्ने सवालमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको र जनताको नजिकको पहुच भएको सरकार भनेको नै स्थानीय सरकार रहेको उप सचिव अधिकारीले बताउनुभयो ।
उहाँले आफ्नो वडालाई बालमैत्री बनाउने जिम्मेवारी पनि स्थानीय तहकै भएको हुनाले स्थानीय सरकार सञ्चालन ऐनले बालश्रमको अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई सुम्पेको बताउनु भयो ।
गुलरिया नगरपालिका वडा न ६ का वडा अध्यक्ष सुधांशु प्रकास शर्माले आफनो वडामा ४ वटा बाल क्लब स्थापना भएको बताउदै आगामी दिनमा बालबालिका हक अधिकारका सवालमा उनिहरुको मनोबल बढाउने कुरामा बिशेष ध्यान दिने बताउनुभयो ।
कानुनी रूपमा हेर्दा बालबालिकालाई श्रममा लगाउन पाइदैन श्रममा लगाएमा कानुनी सजायको भागीदार हुनुपर्ने व्यवस्था भएता पनी बालश्रम प्रयोग भइरहेको देखीनु कुनै नौलो कुरो नभएको सहभागीहरुले बताए । परिवारमा हुने आन्तरीक कारणले होस वा आर्थिक अवस्था कमजोर भएर बालबालिका श्रममा लागिरहेका थुप्रै देख्न सकिने सहभागिहरुले बताए ।
जिल्लाका विभिन्न विद्यालयमा भर्ना भएका बालबालिकाहरु विद्यालय छाड्ने क्रम बढ्दै गएको छ ।जिल्लामा अहिले बिद्यालय जाने उमेरका बालबालिका हरु करिब ३ हजार ३ सय भन्दा बढी बिद्यालय भन्दा बाहिर रहेको तथ्याकले देखाउछ । कतै ती बालबालिका बालश्रममा प्रयोग त भइ रहेका छैनन भन्ने कुरालाइ मध्य नजर गर्दै आगामी दिनमा पालिका स्तरमा कार्यक्रम संचालन गरी ति बालबालिकालाई सक्षम बनाउन पहल गरिने स्वतन्त्रता अभियान नेपालकी कार्यक्रम अधिकृत सामना बरालले बताउनु भयो ।
जिल्ला बिभिन्न स्थानमा चाहे साप्ताहिक हाट बजार होस वा अन्य स्थान बालश्रम सजिलै देख्न सकिन्छ । रिक्सा चालक देखी ग्यारेजमा काम गरिराखेका थुप्रै उदाहरण छन । यसमा स्थानिय निकाय लगायत सम्बन्धित सरोकारवाला निकायको आखा पर्न जरुरी भएको स्थानीय बताउँछन ।
स्वतन्त्रता अभियानको प्राबिधिक सहयोग, थारु महिला उत्थान केन्द्रको समन्वयम र बालश्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा गुलरिया नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष , स्थानीय तहका पदाधिकारी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्तिथी रहेको थियो ।