बालबालिकाको सपना परियोजना र बदलिदो प्रबिनको जिवनशैली

संजय आचार्य
बर्दिया ,जेष्ठ ३१ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बेसमोफाटा गाँउका प्रबिन थारु आजभोली निकै ब्यस्त देखिनुहुन्छ । पेशाले ज्याला मजदुरीकाम गर्ने थारु लाइ गाउमा नमुना बुवा भनेर पनी चिन्ने गरेका छन यसको सबै श्रेय थारुले बालबालिकाको सपना परियोजनालाइ दिनु हुन्छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र द्वारा संचालित बालबालिकाको सपना परियोजना गाँउमै पुगै पछि बिबाह गर्ने समय सन्तान जन्माउने उचित उमेरका साथै बच्चा हुर्काउन बुवाको भूमिका लगायत बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे सिकाई प्रदान गरेपछि वहाको समयक्रम पनि बदलिदै गएको छ । उमेरले २६ बर्ष पुगेका प्रबिन आफनो काम संगै छोरी र श्रीमती श्रृजना लाइ समेत घरकोे काममा उचित समय दिने गर्नु भएको छ । । छोरीका लागी आवश्यक खानेकुरा घरमा नै बाउन लगाउनु हुन्छ र तयार गरीएका खानेकुरा बच्चालाई खुवाउने र आफुहरु पनी खाने गरेको थारु बताउनु हुन्छ । संस्थासंग आबद्द भएर आफनो छोराछोरीलाई हुर्काउन श्रीमती वा महिलाको मात्र भुमिका हुन्छ भन्ने सोच परीवर्तन भएको प्रबिन बताउनु हुन्छ ।


गाँउमा बालबालिकाको शारिरिक, मानसिक विकाससंग लक्षित कार्यक्रममा श्रीमति संग बेला बेलामा जाने गरेका प्रबिनले बच्चालाई हुर्काउनमा आमा मात्र नभएर बुवाको भूमिका पनी उत्तीकै हुने गरेको थाहा पाउनु भयो । गर्भावस्था देखी जन्मेके ८ वर्ष सम्मको प्रारम्भिक बाल विकास बारे सम्पुर्ण जानकारी आफुलाइ थाहा छ वहा भन्नु हुन्छ । प्रबिन भन्छन मेरो छोरी अहिले सानै छिन,उनलाइ हुर्काउनु छ पढाउनु लेखाउनु छ एक असल नागरीक बाउनु छ ,सके सम्म म र मेरी श्रीमती यसमा अवस्य सफल हुन्छौ । बालबालिकाको सपना परियोजना संचालमा आएदेखी गाउका धैरै बच्चाहरुले बहिरी कुराहरु खादैनन, बिधालय समयमै पुग्छन , अनुसासन देखाउछन यसरी बालबालीकाले अनुसासन देखएको देख्दा आफुलाइ एकदमै खुसी लागेको थारु बताउनु हुन्छ ।
बिगतमा दिनहरुमा गाँउ घरमा गर्भवति महिलालाई घरमै बच्चा जन्माउने चलन रहेको थियो तर आजभोली तयतो छैन । बच्चा गर्भमा भएदेखी बच्चा नजन्मदा सम्म अस्पतालमा गइ सवै प्रकारका चेकजाँच गराउनु पर्ने र यसो गर्दा बच्चा र आमा दुबै सुरक्ष्ीत रहने जानकारी आफु लगायत छिमेकी समेतले बालबालिकाको सपना परियोजनाका कारण थाहा पाएको थारु बताउनु हुन्छ ।

बालबालिकाको सामुन्नेमा कुन शब्दको प्रयोग गर्ने देखी लिएर अन्य मानिस संग कस्तो व्यवहार गर्न लगाउने सम्मको सवै सिकेको छु । श्रीमती अन्य घरायसी काममा व्यस्त रहँदा छोरीको दिसा सफा गर्ने, लुगा फेर्ने, लगायतको काम आजभोली आफै गर्ने गरेको अनुभव सुनाउनु हुन्छ थारु ।

सन्तान पेटमा हुँदा वा जन्मे पछि कति वर्ष सम्म कसरी हुर्काउन, कस्तो खानेकुरा खाने खुवाउने लगायतका जानकारी बालबालिकाको सपना परियोजनाले आमाहरुलाई गाँउमा भेला गरेर सिकाएपछि आफुले पनी थाहा पाएको वहाकी श्रीमती श्रृजना बताउनु हुन्छ । मैले बिबाह लगतै बालबालिकाको सपना परियोजनामा सामेल हुने अवसर पाए जसले गर्दा आफनो बच्चा हुर्काउनमा सजिलो भयो । श्रीमाले पनी निकै राम्रो संग ब्यवहार गर्नु भएके छ धेरै खुसी छु ’

बिगत चार वर्षदेखि ठाकुरबाबा नगरपालिकाको सबै वडामा बालबालिकाको सपना परियोजना संचालमा रहेको छ ।परियोजनाले बालबालिकाको विकासका क्रममा अभिभावकको व्यवहार परिर्वतन गर्न र स्थानीय सरकारलाई प्रारम्भिक बालविकासका लागी आवश्यक रणनीति बनाउन सघाँउने विश्वास गरिएको बालबालिका सपना परियोजनाका परीयोजना संयोजक बिनय कुमार थारुले बताउनु भयो ।

प्रतिक्रिया