बर्दियामा मर्ज भए कृष्णसार यातायात

संजय आचार्य, बर्दिया : बर्दिया जिल्लामा रहेको दुई वटा यातायात प्राली एक भएका छन । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालि र बर्दिया कृष्णसार यातायात प्रालि बिच एकिकृत गरि समाहित भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुन्य प्रसाद सिटौलाको प्रमुख आतिथ्य तथा कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष शम्भु प्रसाद रिजालको अध्यक्षतामा पत्रकार सम्मेलन गरि दुई प्राली एक भएको घोषणा गरिएको हो ।
मर्ज भएको नयाँ कार्य समितीको अध्यक्ष पदमा रवि मल्ल, प्रबंधकमा ऐत्माद अलि सैयद, कम्पनी सचिवमा विवेकान्द पाठक (विवेक), आर्थिक प्रमुखमा प्रकाश टण्डनका साथै दुर्घटना प्रमुखमा अजय धरुक चयन भएका छन । त्यस्तै उच्च स्तरिय समितीमा शुम्भू प्रसाद रिजाल , मोहनलाल श्रेष्ठ, भुमिदत्त शर्मा, पिताम्वर श्रेष्ठका साथै चन्द्र बहादुर बाँनिया रहने प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुन्य प्रसाद सिटौलाले यातायात व्यवसायमा धेरै समस्या तथा चुनौतीहरु रहदै आएको उल्लेख गरे । सिटौलाले यातायात व्यवसायीहरुको हक हितको लागी महासंघले सधै काम गर्ने समेत बताए ।

करिब १० खर्ब लगानी रहेको यातायात व्यवसायलाई व्यवसायिक तथा मर्यादित राख्नका लागी साथै जर्जर हुन बाट बचाउनका लागी महासंघले सरकारसंग लिखित मौखिक रुपमा आफ्ना समस्या राख्दै आएको जानकारी गराए । दुर्घटना न्यूनीकरण गर्नका लागी राज्यले दुरदर्शी योजना ल्याउनु पर्ने कुरामा सिटौलाले जोड दिए ।

प्रतिक्रिया