बर्दियाको सुहेलवामा ३ दिन माघ महोत्सव हुने

बर्दिया : बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ सुहेलवामा ३ तिन दिनका लागी थारू सांस्कृतिक माघ महोत्सव हुने भएको छ । ‘राष्ट्रिय एकता व विविधता हमार शान, थारू भाषा, साहित्य कला संस्कृती बचैना हमार अभियान’ भन्ने मुल नाराका साथ माघ महोत्सव हुने भएको हो ।

बुधवार पत्रकार सम्मेलन गरि माघको १ गते देखी ३ गते सम्म माघ महोत्सव गरिन लागेको थारुकल्याणकारिणा सभा वर्दियाका सभापती बिर बहादुर चौधरीले जानकारी दिए । मेलामा थारु संस्कृती झल्कने झाकि, लगायत थारू समुदायका नृत्य स्थानीय तथा राष्ट्रिय कलाकार हरुको प्रस्तुती रहने सभापति चौधरीले बताए ।

माघ महिना थारू समुदायको विशेष महिना भएका कारण पनि यस महिनालाई उत्सबको रुपमा मनाउने गरिएको छ । मेलामा स्टल तथा टिकट निशुल्क हुने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया