बझाङमा एक किशोरी आफ्नै घरभित्र मृत फेला

बझाङ । बझाङमा एक किशोरी मृत फेला परेकी छन्। थलारा गाउँपालिका ५ खोल्माकी २० वर्षीया दीक्षा पाध्ये मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी आज बिहान ७ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ। मृत्युको कारणबारे थाहा नभएको र अनुसन्धान थालिएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया