प्रेस यूनियन बाँकेको अध्यक्षमा ढकाल निर्वाचित

नेपालगन्ज : नेपाल प्रेस यूनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन । ढकालको नेतृत्वमा समावेशी टिम नै निर्वाचित बनेको छ ।
युनियनको शनिबार सम्पन्न १२औं जिल्ला अधिवेशनले शारिरीक अपाङ्गता भएका रेडियोकर्मी तथा स्वास्थ्य पेच अनलाईनका प्रधान सम्पादक ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो । समितिमा मिडियागत प्रतिनिधित्व, सिमान्तकृत, अल्पसंख्यक र पिछडिएको क्षेत्रका ब्यक्तिलाई निर्वाचित गरेर समिति समावेशी बनेको छ ।

उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका हुन । सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढाक्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिएका छन ।

सर्वसम्मतको अन्तिम प्रयास पनि विफल बनेपछि युनियनको चुनाव गरिएको थियो । चेतकान्त भट्टराई र निर्वाचित भएका ढकालले आफ्नो छुट्टाछुट्टै टिम बनाएर निर्वाचनमा होमिएका थिए । ढकाल र भट्टराई यस अघिको अधिवेशनमा एकै समुहमा रहेर भट्टराई अध्यक्षमा र ढकाल सचिव पदमा निर्वाचनमा भाग लिएका थिए । उनिहरु एकै समुहमा हुदाँ हार बेहोर्न परेको अहिले अलगिएर चुनाव लड्दा ढकालले जित हासिल गरे ।

ढकाल नेतृत्वको कार्यकाल दुई वर्ष भन्दा पनि कम रहेको छ, भने चुनौति धेरै रहेको र उक्त चुनौतिलाई चिर्दै चुस्त रुपमा योजनाबद्ध रुपमा आफ्ना कार्यक्रमहरु अघि बढाइने नव निर्वाचित ढकालले बताए । संगठनको गतिविधिलाई निरन्तर बढाउदै लगिने र पुराना नेतृत्वले पुरा गर्न बाँकी कामहरु पुरा गर्ने कोषाध्यक्ष खडक खत्रिले जानकारी दिए ।

प्रतिक्रिया