न्यू डाँफेका खेलाडी आकाशलाई सम्मान सहित सहयोग

खजुरा : दशौं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको उपाधी आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले उचालेको भोलि पल्ट बिहानै आयोजक टीमले आफ्ना दुर्घटनाबाट घाइते भएका खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । क्लबका पधाधिकारी, पूर्व अध्यक्ष, सल्लाहकार, खेल संयोजक सहित खेलाडीहरुले घरमै पुगेर बिहान स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका साथै क्लब र संकलन गरिएको पैसा ४३ हजार १०० रुपैयाँ क्लबका अध्यक्ष हरी प्रकाश विक, खेल संयोजक तिलक वीर सुनार लगायतले हस्तान्तरण गरेका छन ।

खेलाडी आकाशलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागेर क्लबका सचिव बलराम खत्रीको अगुवाईमा उक्त रकम हस्तान्तरण गरिएको थियो । उपचारको लागि क्लबले अभियान सञ्चालन गर्न परेको खण्डमा सबैले साथ दिने न्यू डाँफे स्पोर्टस् क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए । भारतको गुजरातमा रोजगारीको सिलसिलामा जादा बस दुर्घटनामा परी मेरुदण्डमा खेलाडी आकाशलाई चोट लागेको थियो । अहिले उनको कम्मर देखि तल राम्रो संग चल्दैन ।

घाइते खेलाडी खत्रीले घरसम्मै क्लबका पधाधिकारी, पूर्व राष्ट्रिय खेलाडी, सल्लाहकार आएर आफ्नो हौसला थप बढाएको महसुस गरेको बताए । उनले आफू छिटो निको भयर फुटबल खेल्न चाहेको ईच्छा ब्यक्त गरे । खेलाडी आकाश खत्रीले डिभिजन लिगका खेलहरु समेत खेलिसकेका छन् ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o