नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

मंगलबार छापावाल सुन तोलाको एक लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया